एजेन्सी । साउदी अरबले वार्ताद्वारा काश्मिरसहित सबै मुद्दामा सहमति खोज्न भारत र पाकिस्तानलाई आग्रह गरेको छ । पाकिस्तानी प्रधानमन्त्री इमरान खान र साउदी अरबका राजकुमार मोहम्मद बिन सलमान बीचको उच्च स्तरीय वार्तापछि पाकिस्तानको विदेश कार्यालयले संयुक्त विज्ञप्ति जारी गरेको हो । इमरान हाल साउदीको भ्रमणमा छन् ।संयुक्त विज्ञप्तिमा भनिएको छ, ‘क्षेत्रीय शान्ति र स्थिरता सुनिश्चित गर्नका लागि दुबै पक्षले भारत र पाकिस्तानबीच काश्मिर समेत विवादित सबै मुद्दाको समाधान वार्ताद्वारा गर्ने विषयलाई महत्व दि