दाङ – दाङको तुलसीपुरमा रहेको राप्ती प्रादेशिक अस्पतालका निमित्त प्रमुखलाई दुर्व्यवहार गरेकाे आरोप लागेका अनेरास्ववियुका जिल्ला नेता सर्जन परियारले प्रहरी कार्यालयमा उपस्थित भएर भोक हड्ताल गर्ने चेतावनी दिनुभएको छ ।
सामाजिक सञ्जाल फेसबुकमा स्टाटस लेख्दै परियारले कानुनलाई सहयोग गर्ने उद्देश्यले स्वयम् उपस्थित भएर न्यायको पक्षमा र झुटा मुद्दाको विरुद्धमा प्रहरीको हिरासतभित्रै भोकै हड्ताल बस्ने चेतावनी दिनुभएको हो ।
राप्ती प्रादेशिक अस्पताल तुलसीपुरका निमित्त मेडिकल सुपरिटेन्डेन्ट डाक्टर विनोद सिंहलाई गएको शुक्र...