दाङ : बबई गाउँपालिका-१ सिमलकुनाका इन्द्र बहादुर राँगुमगरलाई 'रेलको बाटो' बोलको गीतको याद आइरहन्छ।‘सिटामोलको अभावमा मर्नु पर्ने कोही, चोट लागे पनि भोक लागे पनि बस्नु पर्ने रोइ,खच्चर मेरा गाडी मोटर सँगै हिंड्ने भीरमा, नुनको भारी पिठ्युँमा, नाम्लो मेरो शिरमा’यो गीत झैं यहाँका नागरिकले वर्षाैंदेखि यही समस्या भोग्दै आएका छन्। उनका अनुसार सिमलकुनामा ३ सय बढी घरपरिवार बस्दै आएका छन्।तर, उनीहरूले वर्षमा बढीमा ६ महिना मात्र सवारी साधन चढ्न पाउँछन्, भने बाँकी छ म