सडक आयो, बनेन पुल

पर्वत-पर्वतको कुश्मा नगरपालिका–१० पिपलटारीको सिमखेत र फलेवास नगरपालिका–३ शंकरपोखरी जोड्ने मल्याङ्दी खोलामाथि झोलुंगे पुल निर्माण गर्न स्थानीयवासीले माग गरेको झण्डै आधा शताब्दी बितेको छ । तर पनि अझै उनीहरुको माग पूरा हुनसकेको छैन । वर्षौदेखि पुलको माग गर्दा पनि अझै सुनुवाइ नभएको स्थानीयवासीको गुनासो छ । पुल नहुँदा जोखिम मोलेर स्थानीयवासी खोला वारपार गर्न बाध्य […]

सम्बन्धित सामग्री

पोखराको फिर्के खोलामा ५ वर्ष पुग्नै लाग्दा पनि बनेन पुल, फेरि म्याद थप

कास्की – पोखराको फिर्के खोलामा निर्माणाधीन पुल पाँच वर्ष पुग्नै लाग्दा पनि बन्न सकेको छैन । साढे २ वर्षमा नै सक्ने गरी निर्माण कम्पनीले ठेक्का लिएको भए पनि अहिलेसम्म पुल बन्न नसकेको हो । पोखरा महानगरपालिका–४ र ५ जोड्ने फिर्के पुल निर्माण नहुँदा आवतजावतमा समस्या भइरहेकाे छ । पोखरा–बाग्लुङ राजमार्गअन्तर्गत जिरो–हरिचोक सडक ६ लेनको बने पनि पुल भने २ लेनको छ । पुल निमार्णका लागि २०७५ साल असोज ८ गते १२ करोड ३२ लाख २६ हजार रुपैयाँको लागतमा काम सक्ने गरी सम्झौता भएको थियो । २०७७ साल चैत ३० ...

अलपत्र हुलाकी सडक: १४ महिनामा पनि पूरा भएन पुलको एउटा खम्बा

दाङ – लमही नगरपालिका वडा नं. ५ स्थित बगई सोतामा रहेको पूरानो पुल भत्कियो। हुलाकी सडक बनाउने बेलामा नै यहाँ पक्की पुल बनाउनुपर्ने थियो। तर, उतिबेला बनेन। पुल भत्किएपछि नयाँ बनाउन प्रक्रिया थालियो। हुलाकी सडक आयोजना कार्यालयमार्फत् पक्की पुल बनाउने योजना पर्‍याे। पुल निर्माणको काम पनि सुरु भयो। तर निकै सुस्त। यही असार मसान्तभित्र काम […]

छ वर्षमा पनि बनेन पुल

रुकुमपश्चिमं, माघ १७ । जिल्लाको मुसीकोट नगरपालिका–१ र बाँफीकोट गाउँपालिका–१० जोड्ने सानीभेरी नदीको गाराघाट पक्की पुल छ वर्षसम्म पनि निर्माण सम्पन्न हुन सकेको छैन। सडक डिभिजन कार्यालय चौरजहारीका अनुसार तीन वर्षमै निर्माण सम्पन्न हुनेगरी सम्झौता भएको सानीभेरी नदीको पुनको निर्माण कार्य भइरहेको छ। सडक डिभिजन कार्यालयका इन्जिनियर प्रज्वल सुनारका अनुसार फाउन्डेसनको डिजाइन परिवर्तन गरिएपछि पछिल्लो […]

नगरप्रमुखको कम्पनीलाई ठेक्का : सात वर्षमा पनि बनेन पुल

सुर्खेत : जाजरकोट पूर्वमा रहेको नलगाड जलविद्युत् आयोजनाको पहुँच मार्ग आवतजावतका लागि निर्माण थालिएको मोटरेबल पुल अलपत्र परेको छ। नलगाड नगरपालिका–५ र बारेकोट गाउँपालिका–८ बीचमा रहेको खारास्थित नलगाड नदीमा निर्माणाधीन पुल अलपत्र  पर्दा यहाँका सर्वसाधारणलाई समस्या भएको छ। जाजरकोट छेडागाड नगरपालिकाका प्रमुख रत्नबहादुर खड्काले ठेक्का लिएको पुल बिचमै अलपत्र परेको हो। प्रमुख खड्काको खड्का कृष्ण कन्सट्रक्सन प्रालिले २०७२ सालमा दुई वर्षमै सक्नेगरी पहुँच

सडक आयो, बनेन पुल

पर्वत । पर्वतको कुश्मा नगरपालिका–१० पिपलटारीको सिमखेत र फलेवास नगरपालिका–३ शंकरपोखरी जोड्ने मल्याङ्दी खोलामाथि झोलुंगे पुल निर्माण गर्न स्थानीयवासीले माग गरेको झन्डै आधा शताब्दी बितेको छ । तर पनि अझै उनीहरूको माग पूरा हुन सकेको छैन । वर्षौंदेखि पुलको माग गर्दा पनि अझै सुनुवाइ नभएको स्थानीयवासीको गुनासो छ ।      पुल नहुँदा स्थानीयवासी जोखिमपूर्ण रूपमा खोला वारपार गर्न बाध्य भएका छन् । गाउँ नजिकैको सिसाठाँटीमा पुल बनाइदिन आग्रह गर्दै तत्कालीन अञ्चलाधीशको कार्यालय बागलुङ गएको फलेबास–३ सिमखेतका ५६ वर्षीय शालिग्राम अधिकारीलाई अझै सम्झना छ । ‘उतिबेला अहिलेको जस्तो गाडीको सुविधा थिएन,’ उनले भने, ‘बाटो खर्च बोकेर बुबा दुई दिन लगाएर बागलुङ पुगी अञ्चलाधीशको कार्यालयमा पुल बनाइदिन बिन्ती गरेर आउनुभएको थियो, तर अहिलेसम्म पुल बनेन।’ २०३६ मा बनेको ज्ञादी सिँचाइ आयोजनाको नहर उद्घाटन गर्न आउँदा तत्कालीन राजा वीरेन्द्रले लट्ठा बोक्न सके पुलका लागि बजेट पठाउने आश्वासन दिएका थिए । ‘लट्ठा बोक्न भने बुटवल पुग्नुपर्ने अवस्था थियो । त्यो आँट कसैले नगरेपछि राजाले आश्वासन दिए पनि पुल बन्न सकेन,’ स्थानीय अगुवा महेन्द्रबहादुर कार्कीले भने । कुश्मा–१० को पीपलटारी र फलेबास–३ को शंकरपोखरीलाई जोड्ने मल्याङ्दी खोलामा पुल नहुँदा स्थानीयवासी काठको साँघु बनाएर वारपार गरिरहेका छन् । अञ्चलाधीशको कार्यालय हुँदै तत्कालीन जिविस, विभाग, मन्त्रालयलगायत सबैजसो सरकारी निकायमा पुल बनाइदिन माग गर्दै स्थानीय डेलिगेसन गइसकेका छन् । तर अहिलेसम्म कतैबाट पनि पुल निर्माणका लागि पहल भएको छैन ।      मल्याङ्दी खोला वर्षातका पाँच महिना तर्नै नसकिने गरी उर्लिन्छ । त्यही समय धान, कोदो रोप्न र घाँस दाउरा गर्नुपर्ने भएकोले खोला वारपार नगरी स्थानीयवासीलाई सुखै छैन । रासस

म्याद सकियो, बनेन पुल

जाजरकोट । जाजरकोट–डोल्पा सडकको डोल्पा खण्डमा तोकिएको समयमा पुल निर्माण नहुँदा दैनिक सास्ती भोग्नुपरेको छ । दुई वर्षअघि एक वर्षभित्र निर्माण हुने भनिएका पुल अहिलेसम्म निर्माण पूरा नहुँदा सर्वसाधारणले दुःख भोग्दै आएका छन् । डोल्पाको खदाङ, करबगाड, त्रिपुराकोट बगर र रूपगाडमा तोकिएको समयमा बेलीब्रिज पुल निर्माण नभएका हुन् । पुलको जगमा सामान्य पिलर मात्र उठाइएको छ, जबकि हालसम्म पुल निर्माण भइसक्नुपर्ने थियो ।      जाजरकोट खण्डको अधिकांश ठाउँमा पुल निर्माण भए पनि डोल्पामा पुल निर्माण ढिलाइ भइरहेको छ । जाजरकोटको चौखामा मात्र पुल निर्माणमा ढिला भएको छ भने अन्य ठाउँमा निर्माण भइसकेका छन् । जाजरकोट र रुकुमपश्चिमको बीचमा रहेको भेरी नदी तल्लु बगरमा यो आर्थिक वर्षमा मात्र बोलपत्र आवह्वान गरिएको छ । यो लगायत खदाङ, त्रिपुराकोटमा भेरी नदीमा निर्माण हुने पुल हुन् । भेरी कोरिडोरअन्तर्गत डोल्पामा पुल निर्माण नहुँदा अधिकांश सर्वसाधारण हवाईमार्गबाट यात्रा गर्न बाध्य छन् ।       भेरी कोरिडोरमा निर्माण हुन बाँकी रहेका चार पुल असारसम्ममा निर्माण सम्पन्न हुने सडक डिभिजन चौरजहारीका प्रमुख ध्रुवकुमार झाले बताए । हाल सुर्खेतलगायत ठाउँमा पुल निर्माणका लागि आवश्यक सामग्री ढुवानी कार्य शुरू भइरहेकाले अबको तीन महिनाभित्र जडान समेत सकिने उनको भनाइ छ । डोल्पाको खदाङ, करबगाड, त्रिपुराकोट बगर र रुपगाडमा असारसम्ममा सहजरूपमा यात्रा गर्न सकिने उनले दाबी गरे । भेरी कोरिडोरअन्तर्गत जाजरकोटबाट डोल्पासम्म ११८ किलोमिटर सडक पर्छ । नेपाली सेनाले निर्माण गरेको उक्त सडक तीन वर्षअघि मात्र सरकारलाई हस्तान्तरण गरिएको थियो । सडक हस्तान्तरणसँगै सडक डिभिजनले सडकको स्तरोन्नतिदेखि पुल निर्माणको काम थालेको थियो ।       पहिलो चरणमा जाजरकोटको जिरो प्वाइन्ट पासागाडबाट रिम्नासम्मको १७ किलोमिटर कालोपत्रको काम शुरू गरिएको थियो । यद्यपि कालोपत्रको काम अहिलेसम्म एक मिटर पनि भएको छैन । सडकको छेउतिर कटानको काम मात्र निरन्तर चलिरहेको छ । जाजरकोट खण्डको भूभागमा वातारणीय प्रभाव मूल्यांकनदेखि अन्य काम सकेर बाँकी सडक कालोपत्रका लागि ठेक्का लगाउने काम शुरू भएको सडक डिभिजनका प्रमुख झाले बताए । जाजरकोट सदरमुकामको पासागाडबाट रिम्नासम्मको १७ किलोमिटर सडक कालोपत्रको जिम्मेवारी आठबीसकोट नगरपालिका रुकुमपश्चिमका प्रमुख गोरखबहादुर केसीले लिएका छन् । हालसम्म कालोपत्रको काम सकिसक्नुपर्नेमा अहिलेसम्म एक मिटर पनि कालोपत्रको काम भएको छैन । रासस

हिलाम्मे सडक, वर्षौँसम्म बनेन पुल, यात्रुलाई सकस

कर्णाली राजमार्गको नाग्म–गमगढी सडक वर्षाका कारण हिलाम्मे भएको छ । सडकमा यातायातका साधनमात्रै होइन पैदलयात्रुले समेत सकस खेप्दै आएका छन् । जनताको सास्तीमा सरकार भने मूकदर्शक भएको छ । सडक स्तरोन्नतिका लागि हरेक वर्ष करोडौँ बजेट विनियोजन हुने तर कामै नभएर फ्रिज हुने गरेको सिञ्जा गाउँपालिका अध्यक्ष देवलसिंह रावलले बताउनुभयो । उहाँले भन्नुभयो, “यो सडक प्रदेश र सङ्घीय सरकारले निर्माण गर्ने भनिएकाले स्थानीय तहले बजेट विनियोजन गर्न मिल्दैन, बजेट खर्च गरेको खण्डमा बेरुजु हुन्छ ।”

सडक विभाग र ठेकेदार कम्पनीको लापरवाहीले बनेन पुल

संखुवासभा । चैनपुर–बाह्रबिसे सडक खण्डअन्तर्गत हेवा खोलामाथिको झोलुंगे पुल निर्माण गर्ने समयअवधि सकिएको १ वर्ष बित्दा काम भने शून्य छ।  निर्माण जिम्मा पाएको पुष्पाञ्जलि कन्स्ट्रक्सन प्रालिले हेवाखोला दोभानेमा पुल निर्माण थालेको चार वर्ष बितिसक्यो तर काम भने केही पनि भएको छैन। सडक विभाग र ठेकेदार कम्पनीको लापरव...

सडक बनेको ५१ वर्षमा पनि बनेन पुल

उदयपुर : गाईघाट–फत्तेपुर सडकको ट्रयाक खुलेको ५१ वर्ष भयो। तर, उदयपुरकै पहिलो सडकमा मानिने उक्त खण्डमा पर्ने खोलानालामा कजवे, कल्भर्ट र पुल केही पनि बन्न सकेका छैन। जिल्लाकै सबैभन्दा पुरानो सदरमुकाम उदयपुरगढी हुँदा सप्तरीलगायत बाहिरी जिल्लासँग जोड्न सडक निर्माण गरिएको बताइन्छ। ३१ किलोमिटर दूरीका सडकमा पर्ने दर्...