सुर्खेत : जाजरकोट पूर्वमा रहेको नलगाड जलविद्युत् आयोजनाको पहुँच मार्ग आवतजावतका लागि निर्माण थालिएको मोटरेबल पुल अलपत्र परेको छ। नलगाड नगरपालिका–५ र बारेकोट गाउँपालिका–८ बीचमा रहेको खारास्थित नलगाड नदीमा निर्माणाधीन पुल अलपत्र पर्दा यहाँका सर्वसाधारणलाई समस्या भएको छ। जाजरकोट छेडागाड नगरपालिकाका प्रमुख रत्नबहादुर खड्काले ठेक्का लिएको पुल बिचमै अलपत्र परेको हो। प्रमुख खड्काको खड्का कृष्ण कन्सट्रक्सन प्रालिले २०७२ सालमा दुई वर्षमै सक्नेगरी पहुँच