छ वर्षमा पनि बनेन पुल

रुकुमपश्चिमं, माघ १७ । जिल्लाको मुसीकोट नगरपालिका–१ र बाँफीकोट गाउँपालिका–१० जोड्ने सानीभेरी नदीको गाराघाट पक्की पुल छ वर्षसम्म पनि निर्माण सम्पन्न हुन सकेको छैन। सडक डिभिजन कार्यालय चौरजहारीका अनुसार तीन वर्षमै निर्माण सम्पन्न हुनेगरी सम्झौता भएको सानीभेरी नदीको पुनको निर्माण कार्य भइरहेको छ। सडक डिभिजन कार्यालयका इन्जिनियर प्रज्वल सुनारका अनुसार फाउन्डेसनको डिजाइन परिवर्तन गरिएपछि पछिल्लो […]

सम्बन्धित सामग्री

पोखराको फिर्के खोलामा ५ वर्ष पुग्नै लाग्दा पनि बनेन पुल, फेरि म्याद थप

कास्की – पोखराको फिर्के खोलामा निर्माणाधीन पुल पाँच वर्ष पुग्नै लाग्दा पनि बन्न सकेको छैन । साढे २ वर्षमा नै सक्ने गरी निर्माण कम्पनीले ठेक्का लिएको भए पनि अहिलेसम्म पुल बन्न नसकेको हो । पोखरा महानगरपालिका–४ र ५ जोड्ने फिर्के पुल निर्माण नहुँदा आवतजावतमा समस्या भइरहेकाे छ । पोखरा–बाग्लुङ राजमार्गअन्तर्गत जिरो–हरिचोक सडक ६ लेनको बने पनि पुल भने २ लेनको छ । पुल निमार्णका लागि २०७५ साल असोज ८ गते १२ करोड ३२ लाख २६ हजार रुपैयाँको लागतमा काम सक्ने गरी सम्झौता भएको थियो । २०७७ साल चैत ३० ...

नगरप्रमुखको कम्पनीलाई ठेक्का : सात वर्षमा पनि बनेन पुल

सुर्खेत : जाजरकोट पूर्वमा रहेको नलगाड जलविद्युत् आयोजनाको पहुँच मार्ग आवतजावतका लागि निर्माण थालिएको मोटरेबल पुल अलपत्र परेको छ। नलगाड नगरपालिका–५ र बारेकोट गाउँपालिका–८ बीचमा रहेको खारास्थित नलगाड नदीमा निर्माणाधीन पुल अलपत्र  पर्दा यहाँका सर्वसाधारणलाई समस्या भएको छ। जाजरकोट छेडागाड नगरपालिकाका प्रमुख रत्नबहादुर खड्काले ठेक्का लिएको पुल बिचमै अलपत्र परेको हो। प्रमुख खड्काको खड्का कृष्ण कन्सट्रक्सन प्रालिले २०७२ सालमा दुई वर्षमै सक्नेगरी पहुँच

८ वर्षमा पनि बनेन पुल

त्रिवेणीधाम र वाल्मीकि आश्रम जोड्ने झोलुंगे पुल ८ वर्षमा पनि पूरा हुन सकेको छैन । त्रिवेणीस्थित गजग्राह र पूर्वतर्फ नारायणी नदी पारिको चितवन निकुन्जको वाल्मीकि आश्रम जोड्ने पुलको शिलान्यास गरेको ८ वर्ष पूरा भइसक्दा पनि निर्माण सम्पन्न नभएको हो ।

६ वर्षमा पनि बनेन पुल

दार्चुलाको नौगाड गाउँपालिका–६ स्थित धुलिगाड खोलामा निर्माणाधीन मोटरेबल पुल ठेकेदारको लापरबाहीले अलपत्र बनेको छ । थोदुङ जसलिङ जेभी काठमाडौंसँग ६ वर्ष अगाडि पुल निर्माणका लागि दुई वर्षमा निर्माण सम्पन्न गर्ने सम्झौता भए पनि अझै अलपत्र छ ।

म्याद सकियो, बनेन पुल

जाजरकोट । जाजरकोट–डोल्पा सडकको डोल्पा खण्डमा तोकिएको समयमा पुल निर्माण नहुँदा दैनिक सास्ती भोग्नुपरेको छ । दुई वर्षअघि एक वर्षभित्र निर्माण हुने भनिएका पुल अहिलेसम्म निर्माण पूरा नहुँदा सर्वसाधारणले दुःख भोग्दै आएका छन् । डोल्पाको खदाङ, करबगाड, त्रिपुराकोट बगर र रूपगाडमा तोकिएको समयमा बेलीब्रिज पुल निर्माण नभएका हुन् । पुलको जगमा सामान्य पिलर मात्र उठाइएको छ, जबकि हालसम्म पुल निर्माण भइसक्नुपर्ने थियो ।      जाजरकोट खण्डको अधिकांश ठाउँमा पुल निर्माण भए पनि डोल्पामा पुल निर्माण ढिलाइ भइरहेको छ । जाजरकोटको चौखामा मात्र पुल निर्माणमा ढिला भएको छ भने अन्य ठाउँमा निर्माण भइसकेका छन् । जाजरकोट र रुकुमपश्चिमको बीचमा रहेको भेरी नदी तल्लु बगरमा यो आर्थिक वर्षमा मात्र बोलपत्र आवह्वान गरिएको छ । यो लगायत खदाङ, त्रिपुराकोटमा भेरी नदीमा निर्माण हुने पुल हुन् । भेरी कोरिडोरअन्तर्गत डोल्पामा पुल निर्माण नहुँदा अधिकांश सर्वसाधारण हवाईमार्गबाट यात्रा गर्न बाध्य छन् ।       भेरी कोरिडोरमा निर्माण हुन बाँकी रहेका चार पुल असारसम्ममा निर्माण सम्पन्न हुने सडक डिभिजन चौरजहारीका प्रमुख ध्रुवकुमार झाले बताए । हाल सुर्खेतलगायत ठाउँमा पुल निर्माणका लागि आवश्यक सामग्री ढुवानी कार्य शुरू भइरहेकाले अबको तीन महिनाभित्र जडान समेत सकिने उनको भनाइ छ । डोल्पाको खदाङ, करबगाड, त्रिपुराकोट बगर र रुपगाडमा असारसम्ममा सहजरूपमा यात्रा गर्न सकिने उनले दाबी गरे । भेरी कोरिडोरअन्तर्गत जाजरकोटबाट डोल्पासम्म ११८ किलोमिटर सडक पर्छ । नेपाली सेनाले निर्माण गरेको उक्त सडक तीन वर्षअघि मात्र सरकारलाई हस्तान्तरण गरिएको थियो । सडक हस्तान्तरणसँगै सडक डिभिजनले सडकको स्तरोन्नतिदेखि पुल निर्माणको काम थालेको थियो ।       पहिलो चरणमा जाजरकोटको जिरो प्वाइन्ट पासागाडबाट रिम्नासम्मको १७ किलोमिटर कालोपत्रको काम शुरू गरिएको थियो । यद्यपि कालोपत्रको काम अहिलेसम्म एक मिटर पनि भएको छैन । सडकको छेउतिर कटानको काम मात्र निरन्तर चलिरहेको छ । जाजरकोट खण्डको भूभागमा वातारणीय प्रभाव मूल्यांकनदेखि अन्य काम सकेर बाँकी सडक कालोपत्रका लागि ठेक्का लगाउने काम शुरू भएको सडक डिभिजनका प्रमुख झाले बताए । जाजरकोट सदरमुकामको पासागाडबाट रिम्नासम्मको १७ किलोमिटर सडक कालोपत्रको जिम्मेवारी आठबीसकोट नगरपालिका रुकुमपश्चिमका प्रमुख गोरखबहादुर केसीले लिएका छन् । हालसम्म कालोपत्रको काम सकिसक्नुपर्नेमा अहिलेसम्म एक मिटर पनि कालोपत्रको काम भएको छैन । रासस

सात वर्षमा पनि बनेन पुल

सात वर्षअघि पुल निर्माण सुरु हुँदा बकैया नदीको दुवैतिरका स्थानीयबासीमा जुन उत्साह र खुसी थियो, त्यो विस्तारै मर्न थालेको छ। निर्माण व्यवसायीले पुल निर्माणको काम अधुरै छाडेपछि स्थानीय निराश हुन थालेका छन्।...

दश वर्षमा पनि बनेन पुल

उदयपुर जिल्लाको चौदण्डीगढी नगरपालिका वडा नम्वर ५ को शिवाइ र बेलही जोड्ने त्रियुगा नदीमा पक्की पुल निर्माण सुरु

छ वर्षमा पनि बनेन पुल

निर्माण व्यवसायीको लापरबाहीका कारण दाङमा २६ महिनामा बन्नुपर्ने पुल छ वर्ष बित्दा पनि निर्माण हुन सकेको छैन । ग्रामीण सडक अन्तर्गत तुलसीपुर उ

छ वर्षमा पनि बनेन पुल

जिल्लाको मुसीकोट नगरपालिका–१ र बाँफीकोट गाउँपालिका–१० जोड्ने सानीभेरी नदीको गाराघाट पक्की पुल छ वर्षसम्म पनि निर्माण सम्पन्न हुन सकेको छैन। सडक डिभिजन कार्यालय चौरजहारीका अनुसार तीन वर्षमै निर्माण सम्पन्न हुनेगरी सम्झौता भएको सानीभेरी नदीको पुनको निर्माण कार्य भइरहेको छ।