नेपाली कांग्रेसले महामन्त्री गगनकुमार थापा नेतृत्वको पार्टी सदस्यता व्यवस्थापन केन्द्रीय समिति, केन्द्रीय सदस्य आनन्दप्रसाद ढुंगानाको संयोजकत्वमा केन्द्रीय अनुशासन समिति र केन्द्रिय सदस्य श्यामकुमार घिमिरे संयोजक रहनुभएका केन्द्रीय लेखा समिति पनि गठन गरेको छ ।