काठमाण्डाै – स्थानीय तहको चुनाव नजिकिँदै गर्दा सत्ता गठबन्धन आबद्ध दलले चुनावी तालमेल बारे छलफललाई अगाडि बढाएका छन् । चुनावमा मोडालिटी तय गरेर अघि बढ्ने बारे उनीहरु छलफलमा जुटेका छन् ।
सत्ता गठबन्धनका नेपाली कांग्रेस, माओवादी केन्द्र र एकीकृत समाजवादी पार्टीका शीर्ष नेताहरुबीच ६ महानगर र ११ उपमहानगरपालिकामा केन्द्रबाटै तालमेल गर्न मोडालिटी बनाउने विषयमा छलफल सुरु भएको हो । छलफलमा माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड र एकीकृत समाजवादीका अध्यक्ष माधव नेपालले चुनावी तालमेल बारे चाँडै निर्णय लिन प्रधान...