नेपाली कांग्रेसले सत्ता गठबन्धनमा रहेका दलहरूसँग आगामी निर्वाचनमा चुनावी तालमेल गरेर अघि बढ्ने निर्णय गरेको छ । केन्द्रीय कार्यसमितिको आज सम्पन्न बैठकले सत्ता गठबन्धनमा रहेका दलहरूसँग संवाद गरी आगामी सङ्घीय र प्रदेश तहको निर्वाचनमा चुनावी तालमेल गरेर अघि बढ्ने निर्णय गरेको हो । नेपाली कांग्रेस केन्द्रीय कार्यालयका मुख्य सचिव कृष्णप्रसाद पौडेलद्वारा आज जारी विज्ञप्तिमा भनिएको …