सत्ता गठबन्धन र लोकतान्त्रिक समाजवादी पार्टी नेपालबीच मधेस प्रदेशमा मात्र चुनावी तालमेल गर्ने सहमति भएको छ । आज बालुवाटारमा भएको सहमति अनुसार मधेस प्रदेशमा प्रतिनिधिसभातर्फ ८ र प्रदेशसभातर्फ १६ सिट लोसपालाई दिने सहमति भएको लोसपाका कार्यकारिणी सदस्य लक्ष्मणलाल कर्णले बताए ।छलफलमा सहभागी रहेका नेता कर्णले मधेस प्रदेशमा चुनावी तालमेल गर्ने तथा अन्य प्रदेशमा मित्रवत् प्रतिस्पर्धा गर्ने सहमति भएको बताए । सत्ता गठबन्धनबाट जसपा अलग भएपछि लोसपा त्यसमा सहभागी भएको थियो । गठबन्धनमा सहभागी भ