ललितपुर : आसन्न मंसिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनमा स्वतन्त्र समूहले ‘स्वतन्त्र तथा वैकल्पिक शक्तिको लौरो अभियान’ घोषणा गरेका छन्।प्रतिनिधि सभा र प्रदेशसभामा स्वतन्त्र उम्मेदवारी दिने उम्मेदवारहरु संगठित रूपमै मंसिर ४ को चुनावी मैदानमा आउने तयारी गर्दै बिहीवार सुमन सायमीको नेतृत्वमा लौरो अभियान घोषणा भएको हो।ललितपुरमा आयोजित एक कार्यक्रमका बीच अभियानको घोषणा गर्दै साझा घोषणा पत्र, चुनाव चिन्ह र साझा उम्मेदवार घोषणा गरिएको छ।घोषणा सभामा बोल्दै लौरो अभियानका संयोजक तथा