स्वतन्त्र तथा वैकल्पिक शक्तिको लौरो अभियान !

काठमाण्डाै – आउँदाे मङ्सिर ४ गते हुने प्रतिनिधि सभा र प्रदेश सभा चुनावमा स्वतन्त्र समूहले 'स्वतन्त्र तथा वैकल्पिक शक्तिको लौरो अभियान' घोषणा गरेका छन् ।प्रतिनिधि सभा र प्रदेश सभामा स्वतन्त्र उम्मेदवारी दिने उम्मेदवारहरू सङ्गठित रूपमै मङ्सिर ४ गतेको चुनावमा उठ्ने तयारी गर्दै बिहीवार सुमन सायमीको नेतृत्वमा लौरो अभियान घोषणा भएको हो । ललितपुरमा आयोजित एक कार्यक्रमका बीच अभियानको घोषणा गर्दै साझा घोषणापत्र, चुनाव चिह्न र साझा उम्मेदवार घोषणा गरिएको छ । घोषणा सभामा बोल्दै लौरो अभियानका संयोजक तथा काठमाण्डाै क्षे...