काठमाडौं : आगामी मंसिर ४ गते हुने निर्वाचनका लागि सुमन सायमीको नेतृत्वमा ‘स्वतन्त्र तथा वैकल्पिक शक्तिको लौरो अभियान’ घोषणा गरेका छन्। उनीहरूले ललितपुरस्थित हेरिटेज गार्डेनमा आयोजित कार्यक्रममा साझा घोषणापत्र, चुनाव चिह्न र साझा उम्मेदवार घोषणा गरेका हुन्। सायमी गत ३० वैशाखमा सम्पन्न स्थानीय तह निर्वाचनमा काठमाडौं महानगरपालिकामा स्वतन्त्र उम्मेदवार बनेका थिए। उनले १३ हजार ७ सय ७० मत ल्याएका थिए। अहिले उनले काठमाडौं-८ बाट उम्मेदवारी दिने घोषणा गरेका छन्। सायमीसहित स्वतन