काठमाण्डौ – काठमाण्डौ उपत्यकाको फोहोर व्यवस्थापन गर्दैै आएको सिसडाेलमा थप फोहोर थुपार्न समस्या भएको छ ।
बञ्चरेडाँडामा निर्माणाधीन ल्याण्डफिल साइटमा फोहोर थुपार्न शुरु नभएको र सिसडाेलमा थप फोहोर थुपार्ने ठाउँ नभएकोले समस्या आएको काठमाण्डौ महानगरपालिकाको वातावरण विभागका प्रमुख हरिकुमार श्रेष्ठले बताउनुभयो । आफूसहितको टोलीले सिसडाेलमा गरेको अनुगमनका क्रममा फोहोरको ढिस्कोमा थप फोहोर थुपार्न सकिने अबस्था नदेखिएको उहाँले बताउनुभयो ।
सिसडाेलमा बितेको १४ वर्षदेखि काठमाण्डाै उपत्यकाको १८ वटा पालिकाको फोह...