काठमाडौं उपत्यकाको १८ स्थानीय तहको फोहोर व्यवस्थापन कार्य पुनः प्रभावित भएको छ। यसअघि फोहोर व्यवस्थापन गरिँदै आएको नुवाकोटस्थित सिसडोल भरिएको र उक्त स्थानमा फोहोर मिलाउने काम भएकाले आइतबार र आज फोहोर व्यवस्थापन गर्न समस्या भएएको काठमाडौं महानगरपालिकाले जनाएको छ।आज साँझसम्म सिसडोलमा व्यवस्थापनको काम सकिए मङ्गलबार बिहानदेखि नियमित फोहर व्यवस्थापन गरिने कामपा वातावरण विभाग प्रमुख सरिता राईले जानकारी दिइन्। दुई वर्षका लागि भने पनि विगत १५ वर्षदेखि सिसडोलमा नै फोहर व्यवस्थापन गरी विकल्पको खोजी नगर्दा