महोत्तरी- ३ को (क) र (ख) मा लोसपाका उम्मेदवार दोस्रो पटक निर्वाचित

जनकपुरधाम – महोत्तरी क्षेत्र नं. ३ को (क) र (ख) मा लोकतान्त्रिक समाजवादी पार्टीका उम्मेदवार दोस्रो पटक निर्वाचित भएका छन्। ३ को (क) मा अभिराम शर्मा ९ हजार ८९२ मत ल्याएर निर्वाचित भएका भए। उनका निकटतम प्रतिद्वन्द्वी जनता समाजवादी पार्टीका दिपेन्द्र झाले ९ हजार ७१८ मत ल्याए। झा मधेस प्रदेशको मुख्य न्यायाधीवक्ताबाट राजीनामा दिएर चुनाव […]

सम्बन्धित सामग्री

दुई हजारभन्दा धेरै मतान्तरसहित महोत्तरी ३ मा महन्थ ठाकुर विजयी

जलेश्वर – महोत्तरी क्षेत्र नम्बर ३ मा लोकतान्त्रिक समाजवादी पार्टीका केन्द्रीय अध्यक्ष महन्थ ठाकुर विजयी हुनुभएको छ । गठबन्धनको तर्फबाट महोत्तरी क्षेत्र नम्बर ३ बाट प्रतिनिधिसभाका उम्मेदवार ठाकुरले १६ हजार ३७५ मतसहित विजयी हुनुभएको हो । उहाँका निकटतम प्रतिद्वन्द्वी जनता समाजवादी पार्टीका उम्मेदवार हरिनारायण यादवले १४ हजार ३२५ मत ल्याउनुभएको निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ । उहाँहरुबीचमा २ हजार ५० मतान्तर रहेको छ। स्वतन्त्रतर्फका उम्मेदवार रामआधार कापरले १२ हजार ७३३ मत ल्याउनुभयो ।

महोत्तरी-२ : लोसपाका उम्मेदवार शरतकै अग्रता

महोत्तरी : जिल्लाकाे क्षेत्र नम्बर २ मा लोकतान्त्रिक समाजवादी पार्टीका प्रतिनिधिसभा उम्मेदवार शरत सिंह भण्डारीले अग्रता कायम गरेका छन्। भण्डारीले १६ सय २७ मत ल्याएका छन्। नेकपा एमालेका उम्मेदवार डा.रामपरिक्षण यादवले ९ सय २६ मत ल्याएका छन्।तमलोपाका उम्मेदवार डा.विजय सिंहले ३ सय ७७ मात्रै मत पाएका छन्।

महोत्तरी –३ मा स्वतन्त्र उम्मेदवार अगाडि

काठमाडौँ,६ मँसिर । प्रतिनिधि तथा प्रदेशसभा सदस्य निर्वाचनको महोत्तरी निर्वाचन क्षेत्र नम्बर–३ को मतगणना जारी रहेको छ । मुख्य निर्वाचन अधिकृत हेमबहादुर सेनका अनुसार अहिलेसम्मको मतपरिणाम अनुसार स्वतन्त्र उम्मेदवार रामआधार कापरले एक हजार पाँच सय आठ मत प्राप्त गरेर अग्र स्थानमा छन् । तीन हजार १० मतको गणनामा स्वतन्त्र उम्मेदवार रामआधार कापरले एक हजार पाँच […]

महोत्तरी–३ : स्वतन्त्र उम्मेदवार रामआधार कापरकाे अग्रता, महन्थ ठाकुर पछ्याउँदै

महाेत्तरी - महोत्तरी निर्वाचन क्षेत्र नम्बर–३ मा स्वतन्त्र उम्मेदवार रामआधार कापर एक हजार पाँच सय आठ मत प्राप्त गरेर अग्र स्थानमा हुनुहुन्छ ।  तीन हजार १० मतको गणनामा गठबन्धनका उम्मेदवार लोकतान्त्रिक समाजवादी पार्टीका अध्यक्ष महन्थ ठाकुरले आठ सय ४४ मत प्राप्त गर्नुभएको छ भने जसपाका उम्मेदवार हरिनारायण यादवले पाँच सय २२ मत गर्नुभएको छ ।

महोत्तरी-१ का एमाले उम्मेदवार लक्ष्मी महतोलाई आयोगले सोध्यो स्पष्टीकरण

निर्वाचन आयोगले महोत्तरी क्षेत्र नं. १ बाट प्रतिनिधिसभा सदस्यका उम्मेदवार लक्ष्मी महतोलाई स्पष्टीकरण सोधेको छ। महोत्तरी गौशालास्थित रेडियो जुनतारामा दिएको अन्तर्वार्ताका बोलेको अभिव्यक्तिका कारण उनलाई स्पष्टीकरण सोधिएको हो। महतोलाई पत्र प्राप्त...

महोत्तरी १ : राप्रपा नेपालले सत्ता गठबन्धनलाई सहयोग गर्ने

महोत्तरी– कमल थापा नेतृत्वको राप्रपा नेपालले सत्ता गठबन्धनका साझा उम्मेदवार पिताम्बर महतोलाई सहयोग गर्ने भएको छ । महोत्तरी १ (क) की उम्मेदवार रङ्गीता कर्णले उम्मेदवारी निष्कृय बनाएको घोषणा गर्दै लोसपाका उम्मेदवार महतोलाई सहयोग गर्ने बताएकी हुन् । बुधबार आयोजित कार्यक्रममा कर्णले प्रदेशमा जित्ने उम्मेदवार महतो नै भएको र मुद्दाहरू समेत ठिक रहेकोले सहयोग गरेको बताइन् […]

महोत्तरी–२ का उम्मेदवार भण्डारीको पल्लाभारी, घरदैलोमा उत्रियो जनलहर

काठमाडौं, २१ कार्तिक । लोकतान्त्रिक समाजवादी पार्टीका शीर्ष नेता तथा प्रतिनिधिसभााका लागि महोत्तरी–२ का गठबन्धनका उम्मेदवार शरदसिंह भण्डारीको घरदैलो कार्यक्रममा जनताको व्यापक सहभागिता देखिएको छ । भण्डारीको राजनीतिक व्यक्तित्व र छविकै कारण उनको जित सुनिश्चित् रहेको सो क्षेत्रका युवादेखि बृद्धहरुको दाबी छ । भण्डारीले आज लोहारपट्टीमामा आफ्नो घरदैलो गरेका छन् । भण्डारीले ‘बहिष्करणमा पारिएकाहरुलाई अधिकारसम्पन्न […]

गिरिराजमणि पोखरेलद्वारा महोत्तरी-१ बाट उम्मेदवारी दर्ता

महोत्तरी- माओवादी केन्द्रका उपमहासचिव गिरिराजमणि पोखरेलले महोत्तरी-१ बाट मनोनयन दर्ता गरेका छन् । आगामी ४ मंसिरमा हुने प्रतिनिधिसभा निर्वाचनका लागि लागि पोखरेलले महोत्तरी-१ बाट मनोनयन दर्ता गराएका हुन् । यसअघि तीन पटक यही क्षेत्रबाट निर्वाचित भइसकेका पोखरेलको चौथो प्रतिस्पर्धामा उत्रिएका छन् । उनी सत्ता गठबन्धनका साझा उम्मेदवार हुन् ।  नेकपा एमाले उम्मेदवार लक्ष्मी महतोसँग उनको […]

महोत्तरी–२ मा कांग्रेस नेता महेन्द्र यादवको दाबेदारी

नेपाली कांग्रेसका नेता महेन्द्र यादव (मधुकर) महोत्तरी–२ बाट उम्मेदवार बन्ने कसरतमा छन् । पार्टीको क्षेत्र, जिल्ला र प्रदेशबाट सिफारिस भएका यादव महोत्तरी–२ को टिकटका लागि तीव्र लबिङमा छन् । उनी २०५६ मा भएको आम निर्वाचनमा महोत्तरी–२ बाट निर्वाचित भएका थिए । ०६२–६३ को जनआन्दोलनपछि पुनस्र्थापित व्यवस्थापिकामा पनि उनी सांसद भएका थिए । त्यस यता कांग्रेसबाट आफूले कुनै अवसर नपाएको यादवको गुनासो छ । ०७४ मा महोत्तरी-२ बाट कांग्रेस केन्द्रीय सदस्य किरण यादवले चुनाव लडेकी थिइन्

कांग्रेस महोत्तरी : सबै क्षेत्रमा आज उम्मेदवार सिफारिस गरिने

महोत्तरी – नेपाली कांग्रेस महोत्तरीका सबै क्षेत्रमा आजै उम्मेदवार सिफारिस गरिने भएको छ । शुक्रबार बेलुका ५ बजेसम्म जिल्लाका चारैवटा क्षेत्रबाट प्रदेश र प्रतिनिधिसभाका उम्मेदवार बन्न चाहनेको सिफारिस गरिने कांग्रेस महोत्तरीको तयारी छ । कतिपय क्षेत्रमा बिहीबार बेलुका बसेको बैठकले उम्मेदवार तय गरे पनि निष्कर्षमा पुग्न नसकिएको जिल्ला सभापति नागेश्वर यादवले जानकारी दिए । ‘सबै […]