नेपाली कांग्रेसका नेता महेन्द्र यादव (मधुकर) महोत्तरी–२ बाट उम्मेदवार बन्ने कसरतमा छन् । पार्टीको क्षेत्र, जिल्ला र प्रदेशबाट सिफारिस भएका यादव महोत्तरी–२ को टिकटका लागि तीव्र लबिङमा छन् । उनी २०५६ मा भएको आम निर्वाचनमा महोत्तरी–२ बाट निर्वाचित भएका थिए । ०६२–६३ को जनआन्दोलनपछि पुनस्र्थापित व्यवस्थापिकामा पनि उनी सांसद भएका थिए । त्यस यता कांग्रेसबाट आफूले कुनै अवसर नपाएको यादवको गुनासो छ । ०७४ मा महोत्तरी-२ बाट कांग्रेस केन्द्रीय सदस्य किरण यादवले चुनाव लडेकी थिइन्