महोत्तरी १ : राप्रपा नेपालले सत्ता गठबन्धनलाई सहयोग गर्ने

महोत्तरी– कमल थापा नेतृत्वको राप्रपा नेपालले सत्ता गठबन्धनका साझा उम्मेदवार पिताम्बर महतोलाई सहयोग गर्ने भएको छ । महोत्तरी १ (क) की उम्मेदवार रङ्गीता कर्णले उम्मेदवारी निष्कृय बनाएको घोषणा गर्दै लोसपाका उम्मेदवार महतोलाई सहयोग गर्ने बताएकी हुन् । बुधबार आयोजित कार्यक्रममा कर्णले प्रदेशमा जित्ने उम्मेदवार महतो नै भएको र मुद्दाहरू समेत ठिक रहेकोले सहयोग गरेको बताइन् […]

सम्बन्धित सामग्री

प्रदेश १ मा सरकार बनाउन सत्ता गठबन्धनलाई सकस

विराटनगर : ५६ वटा प्रदेश निर्वाचन क्षेत्र भएको प्रदेश १ सबै क्षेत्रको अन्तिम मत परिणाम आइसकेको छ। यतिवेला निर्वाचनको मत परिणाम आएसँगै प्रदेश १ सरकार कुन दलको पोल्टोमा पर्ने हो भन्ने छलफलको विषय बनेको छ।पछिल्लो मत परिणामअनुसार प्रदेश १ का एमाले–राप्रपा र जसपाको गठबन्धनको सिट संख्या धेरै देखिन्छ। एमाले गठबन्धनको २७ सिट पुगेको छ भने सत्ता गठबन्धन दलको प्रत्यक्षमा २९ सिट जितेको छ। दुई गठबन्धनबीचको सिट संख्या हेर्ने हो भने प्रदेश १ का एमाले गठबन्धन पहिलो स्थानमा छ।९३ सदस्यीय प्रदेशसभामा प्रत्यक

सत्ता गठबन्धन भर्सेस एमाले गठबन्धन !

काठमाडौं : सत्ता गठबन्धनका सिट बाँडफाँटको विषय पेचिलो बनिरहेको वेलामा प्रमुख प्रतिपक्षी दल पनि गठबन्धन बनाउनतिर जुटेको छ।सत्ता गठबन्धनलाई टक्कर दिन एमालेले राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा), मधेशकेन्द्रित दल (लोसपा), राप्रपा नेपाल लगायतका साना दलहरूसँग गठबन्धनको गृहकार्य थालेको हो। एमाले अध्यक्ष केपी शर्मा ओलीले राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देन, लोसपा अध्यक्ष महन्थ ठाकुरसँग निरन्तर संवाद गरिरहेका छन्। दुवै दलको तर्फबाट कम्तिमा २०/२० सिट हाराहारीको प्रस्ताव आएपछि एम

हेटौंडा उपमहानगर : सत्ता गठबन्धनलाई जसपाको घात, एमालेलाई राप्रपा नेपालको साथ

बागमती प्रदेशको राजधानी रहेको हेटौंडा उपमहानगरपालिकामा यस पटक कसले बाजी मार्ला ? अहिले सबैले यही प्रश्न गर्न थालेका छन् । स्थानीय निर्वाचन नजिकिएसँगै यहाँ सत्ता गठबन्धन र अर्को प्रमुख प्रतिस्पर्धी एमालेले आआफेनो जीतको दावी गर्न थालेका छन् ।