काठमाण्डौ – भोलि अर्थात् जुन ७ देखि कतार भिसा सेन्टर खुल्ने भएको छ ।
जुन ७ देखि नै कतार र नेपालबीच हप्तामा एक दिन उडान सुरु हुने भएपछि कतार भिसा सेन्टर पनि सञ्चालनमा आउने भएकाे हो । कोरोना सङ्क्रमण रोकथामका लागि सरकारले काठमाण्डौ उपत्यकामा निषेधाज्ञा लागू भएसँगै बन्द भएको भिसा सेन्टर जुन ७ र ८ मा ५०/५० जनाको स्लट खुला हुनेछ । जुन ९ देखि भने प्रत्येक दिन दुई सय जनाको स्लट खुल्ला हुनेछ ।
कतार भिसा सेन्टरबाट वैदेशिक रोजगारीमा जाने कामदारहरूको बायोमेट्रिक र स्वास्थ्य परीक्षणको काम हुन्छ ...