वैदेशिक राेजगारी : ठगिएका १८ जनाकाे रकम सामीकाे पहलमा फिर्ता

तनहुँ : सुरक्षित आप्रवासन परियोजना (सामी) को पहलमा तनहुँका १८ जनाले ठगिएको रकम फिर्ता पाएका छन् । वैदेशिक रोजगारको सिलसिलामा ठगिएकाहरूलाई सामी परियोजनाको पहलमा रकम फिर्ता गरिएको हो । चालु आर्थिक वर्षको असारदेखि अहिलेसम्म १८ जनाले आठ लाख ७० हजार रुपैयाँ फिर्ता पाएको परियोजनाका जिल्ला संयोजक लुना रानाले जानकारी दिनुभयो । यस अवधिमा व्यास नगरपालिकाका चार लाख रुपैयाँ, म्याग्दे गाउँपालिका भित्रकाका चार लाख ४० हजार र अन्य स्थानीय तहकालाई ३० हजार रुपैयाँ फिर्ता गरिएको छ ।  चालु आर्थिक वर्षमा आप्रवास...