काठमाण्डौ – अब वैदेशिक रोजगारीमा जानेहरुलाई कोरोनाको खोप लगाएको विद्युतीय प्रमाण अर्थात् क्यूआर कोड लिन सहज हुने भएको छ ।
श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालय र स्वास्थ्य तथा जनसंख्या मन्त्रालयबीच आज भएको छलफलमा म्यानपावरमार्फत् वैदेशिक रोजगारीमा जानेहरुलाई क्यूआरकोड म्यानपावरबाटै दिलाउन निर्णय भएको वैदेशिक रोजगार व्यवसायी संघका महासचिव सुजितकुमार श्रेष्ठले बताउनुभयो । म्यानपावर आफैले कामदारको आवश्यक विवरणसहितको अनलाइन पोस्ट रजिष्ट्रेशन गर्नुपर्ने र स्वास्थ्य सेवा विभागले क्यूआर कोडसहितको प्रमाणपत्र सम्बन्धित म्या...