पाँच वर्षपछि पालिका तहको चुनाव आएको छ । पाँचै वर्षपछि वैदेशिक रोजगारीबाट चितवन रत्ननगरका रामजित महतो पनि घर फर्किनुभयो । चुनावकै बेला छुट्टी मिलाएर उहाँ तीन महिना पहिले घर आउनुभएको हो । तर बाध्यता यस्तो आइलाग्यो, चुनाव मुखैमा छाडेर फेरि साउदी फर्किनुपर्ने भयो । साउदी जान त्रिभुवन विमानस्थल पुग्नुभएका उहाँको आफ्नै बाध्यता...