बागलुङमा यस वर्ष ढिलोगरी मुस्ताङी च्याङ्ग्रा भित्रिएको छ। आइतबार ११ दिनको यात्रापछि मुस्ताङका च्याङ्ग्रा किसान छ्याक्तो गुरुङ र छेक्तेन गुरुङले बागलुङमा १०४ वटा च्याङ्ग्रा ल्याएका हुन्।
बागलुङमा यस वर्ष ढिलोगरी मुस्ताङी च्याङ्ग्रा भित्रिएको छ। आइतबार ११ दिनको यात्रापछि मुस्ताङका च्याङ्ग्रा किसान छ्याक्तो गुरुङ र छेक्तेन गुरुङले बागलुङमा १०४ वटा च्याङ्ग्रा ल्याएका हुन्।
काठमाडौं : दैनिक उपभोग्य वस्तुको भाउ महँगिएको छ। पछिल्लो एक वर्षको अवधिमा हरेक वस्तुको भाउ आकाशिएको छ। मंगलबारको गोरखापत्र दैनिकमा समाचार छ, नेपाल खुद्रा व्यापार संघका अनुसार एक वर्षको अवधिमा सबैजसो उपभोग्य वस्तुको भाउ औसतमा २० प्रतिशत महँगिएको छ। संघका अध्यक्ष पवित्र बज्राचार्यले एक वर्षयताका हरेक उपभोग्य वस्तुको मूल्य विश्लेषण गरेर हेर्दा कुनै १० देखि ५० प्रतिशतसम्म महँगिए पनि औसतमा २० प्रतिशतसँग महँगो भएको बताए।संघका अनुसार गत वैशाखमा प्रतिकेजी ५० देखि ५५ रूपैयाँ रहेको गहुँको आँटा बढेर ९
काठमाडौं : यतिखेर विभिन्न राजनीतिक दलका उम्मेदवारहरूले देशलाई विकास र समृद्धितर्फ लैजाने भन्दै मतदातामाझ मीठा-मीठा सपना बाँडिरहेका छन्। प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्य निर्वाचनको माहोल तातिरहँदा यता बजारमा उपभोग्य सामानको भाउ भने अस्वाभाविक रूपमा वृद्धि भएको छ।यसबाट उपभोक्ताहरूको भान्सा महँगो बनेको छ तर न केन्द्र सरकार न त स्थानीय सरकारले नै बजार अनुगमन गरे। विकासका सपना बाँड्ने उम्मेदवारहरू पनि मौन छन्।खुद्रा व्यापार संघका पूर्वअध्यक्ष पवित्रमान बज्राचार्य विगत वर्षको भन्दा यस वर्ष २
चैत ३, काठमाडौं । होली पर्वका बेलामा बजारमा विक्री हुने विभिन्न थरीका रंग, होली टिसर्ट, पिचकारी, बेलुनलगायत सामग्रीको मूल्य बढेको छ ।
अन्तरराष्ट्रिय बजारको अवस्था र अहिलेको मूल्यवृद्धिका कारण होली सामग्रीको बजार भाउ भने अघिल्ला वर्षको तुलनामा केही बढेको साना तथा मझौला व्यापारीहरूको संस्था नेपाल राष्ट्रिय व्यवसायी महासंघका अध्यक्ष नरेश कटुवालले जानकारी दिए ।
बजारमा अहिले न्यूनतम ३ सय रुपैयाँदेखि १ हजार रुपैयाँसम्म मूल्यका होलीका टिसर्टहरू उपलब्ध छन् । सबै खाले टिसर्टमा अघिल्लो वर्षको तुलनामा १ सय रुपैयाँसम्म मूल्य बढेको व्यापारीहरू बताउँछन् । पिचकारीको मूल्य पनि अघिल्लो वर्षको तुलनामा ५० रुपैयाँदेखि १ सय रुपैयाँसम्म बढेको छ । अहिले बजारमा १ सय रुपैयाँदेखि ३/४ सय रुपैयाँसम्मका पिचकारी उपलब्ध छन् । होली पर्वको मुख्य आकर्षण रंगमा अहिलेको बजार मूल्यअनुसार प्रतिकिलो ३ सयदेखि ३ सय ५० रुपैयाँ किलोसम्म पर्ने गरेको छ ।
नेपालमा होली पर्वका बेला प्रयोग हुने रंगको मुख्य आयात भने भारतबाट हुने गर्छ । विभिन्न प्रकारका पूजापाठलगायत धार्मिक कार्यहरूका लागि रंगको व्यापार बाह्रै महीना हुने गरे पनि होलीको समयमा भने यसको व्यापार बढी नै हुने गर्छ ।
काठमाडौंका मुख्य व्यापारिक केन्द्रहरू न्यूरोड, खिचापोखरी, असन, इन्द्रचोक, ठमेललगायत स्थानमा होलीका सामग्री प्रशस्तै बेच्न राखिएको देख्न सकिन्छ । तर, आशालाग्दो तरीकाको व्यापार भने नभएको व्यापारीहरूको भनाइ छ ।
काठमाडौंको मुख्य व्यापारिक तथा पर्यटकीय केन्द्र ठमेलमा पनि यस वर्ष होलीको खासै उमंग नभएको बताइएको छ । विगतका वर्षहरूमा खचाखच विदेशी पर्यटकले भरिने यस क्षेत्रका होटेल तथा रेस्टुराँहरूमा यस वर्ष १० देखि १५ प्रतिशत मात्रै विदेशी पर्यटक छन् ।
विगतका वर्षहरूमा ठूलो मात्रामा विदेशी तथा स्वदेशी पर्यटक होटेलमा भरीभराउ हुँदा होटेल व्यवसायीहरूले उनीहरूका लागि होली कार्यक्रम आयोजना गर्ने भए पनि यस वर्ष त्यस्ता कुनै कार्यक्रम नराखिएको ठमेल पर्यटन विकास परिषद्का अध्यक्ष भवीश्वर शर्माले बताए ।
यस्ता विशेष पर्वहरूमा विदेशी पर्यटकले समेत रमाइलो गर्न मन पराउने भएकाले व्यापारीहरूको व्यापार केही मात्रामा बढ्ने गर्दथ्यो । तर, यसपालि त्यस्तो नभएको उनले जानकारी दिए ।
‘महामारीका कारण अघिल्ला २ वर्ष यस्ता कार्यक्रम हुनै सकेनन् भने यस वर्ष पनि यस्ता कार्यक्रम त्यति ठूलो मात्रामा हुने देखिँदैन,’ महासंघका अध्यक्ष नरेश कटुवालले भने, ‘महामारी नियन्त्रण उन्मुख भएकाले यसपटक व्यापार केही बढेको छ ।’
करीब ४/५ वर्ष अघिसम्म हनुमान ढोका दरबारको गद्दी बैठक अगाडि होलीको चीर ठड्याइएसँगै मानिसहरूले होली शुरू भएको भन्दै बजारमा रंग, टिसर्ट किन्ने र २/३ दिन अघिदेखि नै पिकनिकलगायत कार्यक्रम गरी एकआपसमा होली खेल्ने गर्दथे ।
तालिबानले काबुलमा दुई दशकपछि कब्जा जमाएलगत्तै भारत र अफगानिस्तानबीचको व्यापार ठप्प भएको छ ।
फेडरेसन अफ इन्डियन एक्सपोर्ट अर्गनाइजेसनले बुधवार जनाएअनुसार, तालिबानले व्यापार रोकेको हो । पाकिस्तान हुँदै आउने कार्गो तालिबानले रोकेकाले दुई देशबीचको व्यापार ठप्प बनेको हो ।
भारत अफगानिस्तानको सबभन्दा ठूलो पार्टनर हो र उसले सन् २०२१ मा साढे ३८ करोड डलर बराबरको सामान निर्यात गरेको थियो । भारतले अफगानिस्तानबाट लगभग ५१ करोड डलर बराबरको सामान आयात गरेको छ ।
भारतले अफगानिस्तानबाट सबभन्दा धेरै आयात गर्...