एक वर्षमा १० देखि ५० सम्म बढ्यो बजार भाउ

काठमाडौं : दैनिक उपभोग्य वस्तुको भाउ महँगिएको छ। पछिल्लो एक वर्षको अवधिमा हरेक वस्तुको भाउ आकाशिएको छ। मंगलबारको गोरखापत्र दैनिकमा समाचार छ, नेपाल खुद्रा व्यापार संघका अनुसार एक वर्षको अवधिमा सबैजसो उपभोग्य वस्तुको भाउ औसतमा २० प्रतिशत महँगिएको छ। संघका अध्यक्ष पवित्र बज्राचार्यले एक वर्षयताका हरेक उपभोग्य वस्तुको मूल्य विश्लेषण गरेर हेर्दा कुनै १० देखि ५० प्रतिशतसम्म महँगिए पनि औसतमा २० प्रतिशतसँग महँगो भएको बताए।संघका अनुसार गत वैशाखमा प्रतिकेजी ५० देखि ५५ रूपैयाँ रहेको गहुँको आँटा बढेर ९