तालिबानले काबुलमा दुई दशकपछि कब्जा जमाएलगत्तै भारत र अफगानिस्तानबीचको व्यापार ठप्प भएको छ ।
फेडरेसन अफ इन्डियन एक्सपोर्ट अर्गनाइजेसनले बुधवार जनाएअनुसार, तालिबानले व्यापार रोकेको हो । पाकिस्तान हुँदै आउने कार्गो तालिबानले रोकेकाले दुई देशबीचको व्यापार ठप्प बनेको हो ।
भारत अफगानिस्तानको सबभन्दा ठूलो पार्टनर हो र उसले सन् २०२१ मा साढे ३८ करोड डलर बराबरको सामान निर्यात गरेको थियो । भारतले अफगानिस्तानबाट लगभग ५१ करोड डलर बराबरको सामान आयात गरेको छ ।
भारतले अफगानिस्तानबाट सबभन्दा धेरै आयात गर्...