​शेयर बजारमा सुधार : व्यापार समूहबाहेक सबै समूहको परिसूचक बढ्यो

काठमाडौं, चैत २१ – कारोबार भएकामा अधिकांश कम्पनीको शेयरको भाउ बढेपछि शेयर बजारमा परिसूचक नेप्से बुधबार पनि बढेको छ ।  पछिल्ला दिनमा लगातार...

सम्बन्धित सामग्री

आज करिब साढे ९ अंकले बढ्यो नेप्से

काठमाडौँ : नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचकमा सामान्य अंकको सुधार देखिएको छ। आज (मंगलवार) नेप्से परिसूचक ९ दशमलव ४४ अंकले बढेर २ हजार ८५ दशमलव ७१ बिन्दुमा कायम भएको छ।आज ३१५ कम्पनीको ७६ लाख २४ हजार ३७६ कित्ता शेयर ६६ हजार ५५९ पटक खरिदबिक्री हुँदा २ अर्ब ५९ करोड १५ लाख ३४ हजार ९०७ रुपैयाँ बराबरको कारोबार भएको छ।व्यापार समूहको उपसूचक शून्य दशमलव ५४ र अन्य समूहको उपसूचक शून्य दशमलव ५५ प्रतिशतले घटेको छ भने अरु सबै समूहको उपसूचक बढेको छ।सबैभन्दा धेरै निर्जीवन बीमा समूहको उपसूचकमा १ दशमलव ०

मुद्रास्फीति वाञ्छित सीमा बाहिर, विप्रेषण र विदेशी मुद्रा सञ्चिती बढ्यो

काठमाडौँ । नेपाल राष्ट्र बैंकले चालु आर्थिक वर्ष २०८०/८१ को पहिलो तीन महिनाको मुलुकको आर्थिक तथा वित्तीय स्थिति विवरण सार्वजनिक गरेको छ । उक्त विवरणअनुसार गत असोज मसान्तसम्ममा मुद्रास्फीतिले वाञ्छित सीमा नाघेको छ भने विप्रेषण र विदेशी मुद्रा सञ्चितिमा उल्लेख्य सुधार भएको देखिएको छ । त्यस्तै, शोधनान्तर स्थिती पनि बचतमा देखिएको छ । राष्ट्र बैंकको प्रतिवेदनअनुसार वार्षिक बिन्दुगत आधारमा उपभोक्ता मूल्य सूचकाङ्कमा आधारित मुद्रास्फीति सात दशमलव ५० प्रतिशत छ । चालु आर्थिक वर्षका लागि सरकारले मुद्रास्फीति साढे छ प्रतिशतको वाञ्छित सीमाभित्र राख्ने लक्ष्य राखेको छ । तर सरकारले राखेको मूल्यवृद्धिको अधिकतम सीमाको लक्ष्यभन्दा वास्तविक मूल्यवृद्धि एक प्रतिशत बिन्दुले बढी देखिएको हो । चालु आर्थिक वर्षको पहिलो तीन महिनामा खाद्य तथा पेय पदार्थ समूहको मुद्रास्फीति आठ दशमलव ३८ प्रतिशत र गैर-खाद्य तथा सेवा समूहको मुद्रास्फीति छ दशमलव ८१ प्रतिशत रहेको छ । खाद्य तथा पेय पदार्थ समूहअन्तर्गत मरमसला उप–समूहको वार्षिक बिन्दुगत उपभोक्ता मूल्य सूचकाङ्क ३७ दशमलव ६३ प्रतिशत, चिनी तथा चिनीजन्य वस्तुको १८ दशमलव २२ प्रतिशत, फलफूलको १४ दशमलव ०२ प्रतिशत, खाद्य तथा खाद्यजन्य पदार्थको १२ दशमलव २३ प्रतिशत र दुग्ध पदार्थ तथा अण्डाको ११ दशमलव ९२ प्रतिशतले बढेको छ । तर, घ्यू तथा तेल उप–समूहको वार्षिक बिन्दुगत उपभोक्ता मूल्य सूचकाङ्क ११ दशमलव ६१ प्रतिशतले घटेको छ ।  गैर–खाद्य तथा सेवा समूहअन्तर्गत मनोरञ्जन तथा संस्कृति उप–समूहको वार्षिक बिन्दुगत उपभोक्ता मूल्य सूचकाङ्क १५ दशमलव ५५ प्रतिशत, विविध वस्तु तथा सेवाहरुको १२ दशमलव ११ प्रतिशत, शिक्षाको नौ दशमलव १० प्रतिशत, घरायसी उपयोगका वस्तुहरुको आठ दशमलव ०८ प्रतिशत र फर्निसिङ तथा घरायसी उपकरणहरुको छ दशमलव २५ प्रतिशतले बढेको छ । त्यस्तै, यातायात क्षेत्रमा एक दशमलव ६२ प्रतिशतको मूल्यवृद्धि देखिएको छ । गत असोज महिनामा काठमाडौँ उपत्यकाको वार्षिक बिन्दुगत उपभोक्ता मुद्रास्फीति १० दशमलव २३, तराईको पाँच दशमलव ६६, पहाडको सात दशमलव ३८ प्रतिशत र हिमालको १० दशमलव २४ प्रतिशत रहेको छ । त्यस्तै, यो अवधिमा विप्रेषण आप्रवाह ३० प्रतिशतले वृद्धि भई रू तीन खर्ब ६५ अर्ब ३४ करोड पुगेको छ । अघिल्लो वर्षको सोही अवधिमा विप्रेषण आप्रवाह १६ दशमलव ८ प्रतिशतले बढेको थियो । गत असोज मसान्तसम्ममा वैदेशिक रोजगारीका लागि अन्तिम श्रम स्वीकृति (संस्थागत तथा व्यक्तिगत–नयाँ) लिने नेपालीको संख्या एक लाख १३ हजार तीन सय ९७ र पुनः श्रम स्वीकृति लिनेको संख्या ४९ हजार दुई सय ९७ रहेको छ । चालु आर्थिक वर्षको पहिलो त्रैमास अवधिमा सरकारको चालु खाता रू ५९ अर्ब ९ करोडले बचतमा रहेको छ । अघिल्लो वर्षको सोही अवधिमा चालु खाता रू ३५ अर्ब २४ करोडले घाटामा रहेको थियो । त्यस्तै, वैदेशिक लगानी रू ३ अर्ब ३७ करोडले धनात्मक रहेको छ । असोज मसान्तसम्मको शोधनान्तर स्थिति रू ९९ अर्ब ७ करोडले बचतमा रहेको छ । अघिल्लो वर्षको सोही अवधिमा शोधनान्तर स्थिति रू १२ अर्ब ४३ करोडले बचतमा थियो । गत असार मसान्तमा रू १५ खर्ब ३९ अर्ब ३६ करोड बराबर रहेको कुल विदेशी विनिमय सञ्चिति छ दशमलव सात प्रतिशतले वृद्धि भई गत असोज मसान्तसम्ममा रू १६ खर्ब ४३ अर्ब ९ करोड पुगेको छ । चालु आर्थिक वर्षको तीन महिनाको आयातलाई आधार मान्दा बैकिङ्ग क्षेत्रसँग रहेको विदेशी विनिमय सञ्चितिले १२ दशमलव चार महिनाको वस्तु आयात र १० दशमलव तीन महिनाको वस्तु तथा सेवा आयात धान्न पर्याप्त रहने देखिन्छ । पहिलो त्रैमासिक अवधिमा आयात एक दशमलव सात प्रतिशतले बढेको छ भने निर्यात दुई दशमलव तीन प्रतिशतले घटेको छ । कुल वस्तु व्यापार घाटा दुई दशमलव एक प्रतिशतले बढेकोछ ।

३४ अङ्कले बढ्यो नेप्से - NepaliPatra

काठमाडौँ। आज मंगलबार शेयर बजार दोहोरो अङ्कले बढेको छ। शेयर बजार परिसूचक नेप्से आज मङ्गलवार ३४ दशमलव १७ अङ्कले बढेर दुई हजार २० दशमलव ६४ विन्दुमा पुगेको हो। आज सबै समूहको शेयर बढेकोमा बीमा, होटल र व्यापार समूहको शेयर उच्च अङ्कले उकालो लागेको छ। बजारसँगै कारोबार रकममा पनि निकै सुधार आएको छ। हिजो सोमवार दुई […]

पर्यटन व्यवसायमा सुधारसँगै होटल तथा पर्यटन समूहका कम्पनीको बढ्यो नाफा

काठमाडौं । पछिल्लो समय पर्यटन व्यवसायमा सुधार आएसँगै नेप्सेमा सूचीकृत होटल तथा पर्यटन समूहका कम्पनीको नाफा उल्लेख्य रूपमा वृद्धि भएको चालू आर्थिक वर्षको दोस्रो त्रैमासिक वित्तीय विवरणले देखाएको छ । विश्वव्यापी रूपमा फैलिएको कोरोना महामारीका कारण शिथिल भएको पर्यटन क्षेत्र बिस्तारै पुरानै अवस्थामा फर्किन थालेको छ । नेपाल भ्रमणमा आउने पर्यटकहरूको संख्या वृद्धि भएकाले गत वर्ष नोक्सानीमा रहेका होटलहरू यस आवमा नाफामा गएका छन् ।  नेपाल स्टक एक्सचेन्जमा तीन ओटा होटल र टुरिजम समूहको चन्द्रागिरी हिल्स सूचीकृत छन् । यी चार ओटै कम्पनीले चालू आवको दोस्रो त्रैमासिक वित्तीय विवरण सार्वजनिक गरिसकेका छन् । यी कम्पनीहरूमध्ये सबैभन्दा बढी नाफा सोल्टी होटल लिमिटेडको रहेको छ । यस होटलले चालू आवको दोस्रो त्रैमाससम्म रू. २५ करोड १४ लाख नाफा कमाएको छ ।  यो नाफा गत आवको दोस्रो त्रैमासको तुलनामा ४१२ प्रतिशतले बढी हो । गत आवमा कम्पनीले रू. ४ करोड ९० लाख नाफा कमाएको थियो ।  पछिल्लो समयमा पर्यटन व्यवसायमा सुधार आएकोले होटलको सञ्चालन आम्दानी पनि उल्लेख्य वृद्धि भएको छ । गत आवमा होटलको सञ्चालन आम्दानी रू. ५ करोड २४ लाख रहेकोमा चालू आवमा रू. ३० करोड ६२ लाख पुगेको छ । त्यस्तै दोस्रोमा तारागाउँ रिजेन्सी होटलले चालू आवमा मात्रै रू. १० करोड ६१ लाख नाफा कमाएको छ । गत आवमा यो होटल रू. १२ लाख ५९ हजार नोक्सानीमा थियो । चालू आवमा यस होटलको सञ्चालन आम्दानीमा वृद्धि भएको छ । गत आवमा यस होटलको सञ्चालन आम्दानी रू. २६ करोड ४७ लाख रहेकोमा चालू आवमा रू. ५३ करोड ११ लाख पुगेको छ ।  त्यसैगरी पर्यटन समूहको चन्द्रागिरी हिल्स लिमिटेडले चालू आवमा रू. ५ करोड १४ लाख नाफा कमाएको छ । गत आवमा कम्पनी रू. ५८ लाख ६ हजार नोक्सानीमा थियो । आन्तरिक पर्यटकहरूको भ्रमणमा भएको वृद्धिका कारण कम्पनीको आर्थिक क्रियाकलाप बढेर कम्पनीको व्यापार व्यवसायमा वृद्धि भएको कम्पनीको वित्तीय विवरणमा उल्लेख छ । साथै नेपाल भ्रमण गर्ने तथा नेपालमा कार्यक्रम गर्ने विदेशी पर्यटकहरूको संख्यामा समेत सुधार भएको र पर्यटकहरूको गतिविधिमा वृद्धि भएकोले कम्पनीको नाफामा सुधार आएको हो । कम्पनीको सञ्चालन आम्दानी गत आवमा रू. २८ करोड ९२ लाख रहेकोमा चालू आवमा बढेर रू. ४० करोड ८२ लाख पुगेको छ ।  त्यस्तै ओरियण्टल होटल्सले चालू आवमा रू. ३ करोड ६५ लाख नाफा कमाएको छ । गत आवमा भने होटल्स रू. ८ करोड नोक्सानीमा थियो । यस होटल्सको पनि आम्दानी वृद्धि भएकाले नाफामा सुधार आएको हो । गत आवमा होटल्सको सञ्चालन आम्दानी रू. १५ करोड ९ लाख भएकोमा चालू आवमा बढेर रू. ४३ करोड ९० लाख पुगेको छ ।  कसको नाफा कति ? कम्पनीको नाम नाफा रू. हजारमा (दोस्रो त्रैमास)  फरक प्रतिशत     चालू आव             गत आव सोल्टी होटल  २५१४३८ ४९०३४ ४१३ तारागाउँ रिजन्सी होटल १०६१६७ – १२५९ – चन्दागिरी हिल्स ५१४८७ – ५८०६ – ओरियण्टल होटल्स ३६५७५ – ८००२७ –  स्रोत : कम्पनीद्वारा प्रकाशित चालू आवको दोस्रो त्रैमासिक वित्तीय विवरण ।

शेयर बजार सामान्य बढ्यो

काठमाडौँ। आज सोमवार शेयर बजार परिसूचक नेप्सेमा सामान्य सुधार भएको छ। आज नेप्से ३.८३ अङ्कले बढेर १ हजार ८५८ दशमलव ८९ अङ्कमा पुगेको छ। आज बैंक, जलविद्युत्, माइक्रोफाइनान्स र व्यापार समूहबाहेकका सबै समूहको शेयर बढेकोमा बीमा, अन्य र विकास बैंक समूहको शेयर उच्च अङ्कले बढेको छ।

दिनभर उतारचढाव भएको शेयर बजार ७ अङ्कले बढ्यो, कारोबार रकममा पनि सुधार

काठमाण्डाै – शेयर बजार आज बुधवार तेस्रो दिन पनि बढेको छ । दिनभर तलमाथि भइरहेको शेयर बजार बन्द हुने बेलामा सात दशमलव ३२ अङ्कले बढेर एक हजार नौ सय ३८ दशमलव ३० विन्दुमा पुगेको छ । बजार खुलेदेखि बन्द हुने बेलासम्म नै बजार बढ्ने र घट्ने भइरह्यो ।  आज बैंकिङ, व्यापार र निर्जीवन बीमाबाहेक अरू सबै समूहको शेयर बढेको छ । बजारसँगै कारोबार रकम पनि दिनदिनै बढिरहेको छ । दुई सय २७ वटा कम्पनीकाे ४३ लाख ४६ हजार कित्ता शेयर एक अर्ब ४६ करोड ७९ लाख रुपैयाँमा कारोबार भए । सबैभन्दा धेरै शिवम् सिमेन्टको सात करोड ८५ लाख...

२.६२ % ले बढ्यो नेप्से परिसूचक, १२ ओटा कम्पनीको शेयरमूल्यमा सकारात्मक सर्किट

असोज २०, काठमाडौं । बुधवार नेप्से परिसूचक अघिल्लो कारोबार दिनको तुलनामा २ दशमलव ६२ प्रतिशतले बढेको छ । २ हजार ६१४ दशमलव ७४ विन्दुबाट शुरु भएको बजार ६८ दशमलव ४७ अंकले बढेर २ हजार ६८१ दशमलव ११ विन्दुमा पुगेर बन्द भएको छ ।  यस अवधिमा कारोबारमा आएका २२७ ओटा धितोपत्रको ८१ लाख ८९ हजार ८९० कित्ता शेयरको ५५ हजार ३८५ पटकमा रू. ४ अर्ब ५० करोड ६ लाख ५८ हजार बराबरको शेयर खरीदविक्री भएको छ । कुल कारोबारमा आएका धितोपत्र मध्ये १२ ओटा धितोपत्रको मूल्यमा सकारात्मक सर्किट लागेको छ । यो दिन वेष्ट फाइनान्स, प्रोग्रेशिभ फाइनान्स, ग्रामीण विकास लघुवित्त, नयाँ सारथी लघुवित्त, मिथिला लघुवित्त, किसान लघुवित्त, जनउत्थान सामुदायिक लघुवित्त, ग्लोबल आइएमई लघुवित्त, ग्रीन डेभलपमेण्ट बैंक, सामुदायिक लघुवित्त, सबैको लघुवित्त, सपोर्ट माइक्रोफाइनान्स कम्पनीको शेयरमूल्य १० प्रतिशतले बढेको छ ।  त्यसैगरी रिडी हाइड्रोपावर र ङादी ग्रुप पावरको शेयरमूल्य २  दशमलव १६ र १ दशमलव ४६ प्रतिशतले घटेको छ ।  यो दिन सर्वाधिक शेयर खरीदविक्री सिटिजन्स बैंक इन्टरनेशनलको रू. २३ करोड ४ लाख ३७ हजार बराबरको भएको छ । कारोबार रकमकै आधारमा सर्वाधिक कारोबार हुने दोस्रो कम्पनीमा एनआईसी एशिया लघुवित्त रहेको छ । उक्त कम्पनीको प्रतिकित्ता रू. १ हजार १४० मा रू. १६ करोड ८५ लाख बराबरको शेयर खरीदविक्री भएको छ । कारोबारमा आएका १३ ओटा समूहको परिसूचकमध्ये सबै समूहको परिसूचाक बढ्दा समग्र नेप्से बढेको हो । जसमध्ये वित्त समूहको परिसूचक सर्वाधिक ६ दशमलव ५९ प्रतिशतले बढेको छ ।  त्यसैगरी, बैंकिङ समूहको परिसुचक १ दशमलव २५ प्रतिशत, व्यापार समूहको २ दशमलव ११ प्रतिशत, होटल्स एण्ड टुरिजम समूहको शून्य  दशमलव ९३ प्रतिशत, विकास बैंक समूहको परिसूचक ४ दशमलव ८२ प्रतिशत, हाइड्रोपावर समूहको ३ दशमलव ४३ प्रतिशत, निर्जीवन बीमा समूहको ३ दशमलव ५१ प्रतिशतले बढेको छ ।  यसैगरी उत्पादन तथा प्रशोधन समूहको ३ दशमलव ८९ प्रतिशत, अन्य समूहको १ दशमलव ८७ प्रतिशत, लघुवित्त समूहको ५ दशमलव ८ प्रतिशत, जीवन बीमा समूहको १ दशमलव ७६ प्रतिशत, म्युचुअल फण्ड समूहको १ दशमलव ५६ प्रतिशत र लगानी समूहको परिसूचक २ दशमलव ६२ प्रतिशतका दरले वृद्धि भएको छ । यो दिन परिसूचकसँगै कारोबार रकममा पनि सुधार आएको छ । साताको पहिलो र दोस्रो दिन घटेको नेप्से तेस्रो र चौथो दिन बढेको छ । करीब निराशाको अवस्थामा पुगेका लगानीकार्ताहरु बुधवार बजार बढ्दा उत्साहित बनेका छन् । चाडबाड नजिकिंदै गर्दा बजारले थोरै भएपनि सकामरात्मक गती लिएकाले लगानीकर्तालाई राहत मिलेको देखिन्छ ।