कांग्रेसको १४औँ महाधिवेशनमा धेरै नेता कार्यकर्ताले उठाएको एजेण्डा थियो–नेतृत्व परिवर्तन र पुस्तान्तरण । संस्थापनइतर समूहले खोजेजस्तो मूल नेतृत्वमा आमूल परिवर्तन त भएन । तर पनि महाधिवेशन प्रतिनिधिले पुस्तान्तरणको पक्षमा बलियो मत दिएका छन् ।१३ जना पदाधिकारीमध्ये सभापति शेरबहादुर देउवा र उपसभापति पूर्णबहादुर खड्काबाहेक अरु सबै नयाँ अनुहार छानिएका छन् । उपसभापतिमा धनराज गुरुङ तथा महामन्त्रीमा गगन थापा र विश्वप्रकाश शर्मा जस्ता युवा नेताहरुको जितले कांग्रेसभित्र मात्र होइन, देशभर नै तरङ्ग ल्याएको छ । युवाहरुको जितले अ...
यद्यपि एमाले नेतृत्व राजनीतिमा युवा सशक्तिकरणको जश आफू लिन चाहन्छ । राप्रपा र कांग्रेसको नेतृत्वमा उदाएको युवापुस्ताप्रति आफ्नो कुनै फरक दृष्टिकोण नरहेको एमाले महासचिव शंकर पोखरेल बताउनुहुन्छ ।
नेपाली काँग्रेसको महामन्त्रीमा गगनकुमार थापा र विश्वप्रकाश शर्मा निर्वाचित भएका छन्। नयाँ नेतृत्व चयनका लागि मंसिर २७ गते भएको निर्वाचनअन्तर्गत बिहीबार सम्पन्न मतगणनामा २०४६ को राजनीतिक परिवर्तनपछि उदाएका दुई युवा नेता काँग्रेस महामन्त्रीको जिम्मेवारीमा पुगेका हुन्। काँग्रेसभित्र पुस्तान्तरण र रुपान्तरणका लागि युवालाई पार्टी नेतृत्वमा ल्याउनुपर्ने आवाज उठे पनि दरिलो बनेको गुट प्रभावमा थापा र शर्माले महामन्त्रीमा जित निकाल्नेमा धेरैले आशंका गरेका थिए। महाधिवेशन प्रतिनिधिले गुट होइन,विवेकको प
कांग्रेसभित्र पुस्तान्तरण र रूपान्तरणका लागि युवालाई पार्टी नेतृत्वमा ल्याउनुपर्ने आवाज उठे पनि दरिलो बनेको गुट प्रभावमा शर्मा विजयी हुनेमा धेरैले आशंका गरेका थिए। महाधिवेशन प्रतिनिधिले गुट होइन,विवेक प्रयोग गर्दै शर्मा र थापालाई निर्वाचित गरेर पुस्तान्तर...
नेपाली कांग्रेसमा महाधिवेशन भएकै नेतृत्व परिवर्तनका लागि हो। महाधिवशेनमार्फत शेरबहादुरको ठाउँमा अरू कोही नेतृत्वमा आइदिए हुन्थ्यो भन्ने चाहेका छन्। त्यस हिसाबले हेर्ने हो भने राम्रो माहोल बनेको छ।
चौधौं महाधिवेशनबाट कांग्रेसको केन्द्रीय नेतृत्व चयन गर्न मुलुकभरका प्रतिनिधि राजधानीमा भेला भएका छन् । नेतृत्वमा अब पुस्तान्तरण हुनुपर्छ भन्ने बहस चलिरहेको छ । अधिकांश प्रतिनिधि पार्टीको आन्तरिक जीवनमा परिवर्तन हुनुपर्नेमा एकमत देखिन्छन् । यही सेरोफेरोमा विभिन्न जिल्लाबाट आएका महाधिवेशन प्रतिनिधिसँग गरिएको संक्षिप्त कुराकानी :
सबैभन्दा कान्छो क्षेत्रको रूपमा नेपालको अर्थतन्त्रमा उदाएको बैंकिङमा विस्तारै पुस्तान्तरण हुँदैछ । बैंकिङ क्षेत्रका पहिलो पुस्ताका बैंकरहरु विस्तारै दोस्रो पुस्तालाई आफ्नो ‘लिगेसी‘ हस्तान्तरण गर्दै गइरहेका छन् ।नेपाल बैंकर्स संघका अध्यक्षसमेत रहेका सानिमा बैंकका प्रमुख कार्यकारी अधिकृत (सीईओ) भुवनकुमार दाहालको कार्यकाल पाँच महिनापछि पूरा हँुदैछ । पछिल्लो समय लगालग तीन वटा वाणिज्य बैंकबाट पुराना सीईओ बिदा […]
नेपालको निजी क्षेत्रका प्रमुख संस्थाहरूमा हालै सहज रूपमा नेतृत्व हस्तान्तरण भएको छ । नेपाल उद्योग वाणिज्य महासंघमा शेखर गोल्छाको नेतृत्वमा नयाँ कार्य समिति बनेको छ भने नेपाल चेम्बर अफ कमर्सको नेतृत्वमा पनि सहज रूपमा नै राजेन्द्र मल्लको नेतृत्वमा नयाँ कार्यसमिति बनेको धेरै भएको छैन । यसैगरी नेपाल उद्योग परिसंघमा पनि बुधबार सहज रूपमा नै नेतृत्व […]