आजदेखि गोरखापत्र १२० वर्षमा प्रवेश गरेको छ । यो आफँैंमा एक युगभन्दा बढी हो । शताब्दीलाई एक युग मान्ने हो भने गोरखापत्र एक युग पूरा गरी अर्को युगको यात्रामा छ । वि.सं. १९५८ वैशाख २४ गतेदेखि साप्ताहिक रूपमा गोरखापत्रको प्रकाशन प्रारम्भ भएको हो । वार्षिकोत्सवको सुुखद अवसरमा नेपाल सरकार, संस्थानमा कार्यरत पत्रकार–कर्मचारी, लेखक, पाठक, विज्ञापनदाता, शुभेच्छुक सबैमा बधाई तथा हार्दिक शुभकामना व्यक्त गर्दछाँैं ।