नेपाल बैंक र गोरखापत्र संस्थानबीच सहकार्यको सम्झौता

काठमाडौं : नेपालको पहिलो बैंक नेपाल बैंक लिमिटेड र गोरखापत्र संस्थानबीच बैंकिङ्ग कारोवार लगायतका विषयमा सहकार्य गर्ने सम्झौता भएको छ। नेपाल बैंक लिमिटेड प्रधान कार्यालयमा आयोजित एक समारोहमा नेपाल बैंकका प्रमुख कार्यकारी अधिकृत कृष्णबहादुर अधिकारी  र गोरखापत्र संस्थानका कार्यकारी अध्यक्ष विष्णुप्रसाद सुवेदीले सम्झौतापत्रमा हस्ताक्षर गरेका छन्। सम्झौताअनुसार दुबै संस्थाबीच सेवाग्राही कर्जा, तलब खाता खोल्ने, प्रतीत-पत्र, निक्षेपलगायत अन्य बैंकिङ्ग कारोवार, विज्ञापन तथा सूचना प्रकाशनस