हिमालयन र इन्भेष्टमेन्ट बैंकको मर्जर सहमति भाँडियो

३० पुस, काठमाडौं । दुई ठूला बैंकहरु नेपाल इन्भेष्टमेन्ट बैंक र हिमालयन बैंकबीचको मर्जर सहमति भाँडिएको छ । मर्जरसम्बन्धी विशेष प्रस्ताव शुक्रबार हिमालयन बैंकको साधारणसभाबाट अस्वीकृत भयो । बैंकका हिमालयन बैंकका प्रमुख कार्यकारी अधिकृत अशोकशम्शेर जबराले बैंकका ठूला लगानीकर्ता विपक्षमा उभिएकाले विशेष प्रस्ताव पारित हुन आवश्यक ७५ प्रतिशत बहुमत नपुगेको बताए । ‘विशेष प्रस्ताव पारित […]

सम्बन्धित सामग्री

इन्भेष्टमेन्ट बैंक र मेगा बैंकबीच मर्जर हुने, सबैभन्दा ठूलो बैंक बन्ने

नेपाल इन्भेष्टमेन्ट बैंक र मेगा बैंकबीच मर्जर हुने करिब पक्का भएको छ । हिमालयन बैंकसँग मर्जर भाँडिएसँगै अर्को पार्टनर खोजेको इन्भेष्टमेन्टले मेगासँग मर्जरको गाँठो कस्ने भएको हो । केही दिन अघि मात्र इन्भेष्ट बैंक र मेगा बैंकबीच मर्जरका लागि अन्तिम तयारी गर्दै स्वाप रेसियो टुङ्गो लगाइएको थियो । उक्त सम्झौता बमोजिम दुई बैंकको स्वाप रेसियो १००ः९० हुने बताइएको छ । अर्थात् मर्जरमा जाँदा इन्भेष्टमेन्ट बैंकको १०० बराबर १०० कित्ता नै हुँदा मेगा बैंकको १०० कित्ता बराबर ९० कित्ता हुने गरी सम्झौता भएको

हिमालयन र इन्भेष्टमेन्ट बैंक डीमर्जरमा

काठमाडौं (अस) । नेपाल इन्भेष्टमेन्ट बैंक र हिमालयन बैंकको मर्जर प्रक्रिया भाँडिएको छ । हिमालयन बैंकको साधारणसभाले यससम्बन्धी प्रस्ताव बहुमतले अस्वीकार गरेपछि मर्जर प्रक्रिया भाँडिएको हो । अब दुवै बैंकले डिमर्जरको प्रक्रिया अगाडि बढाउनुपर्ने भएको छ । दुई बैंकले गत वैशाखमा एकआपसमा मर्ज हुने भनेर सम्झौता गरेका थिए । राष्ट्र बैंकले पनि यस सम्बन्धमा सैद्धान्तिक स्वीकृति दिइसकेको थियो । सैद्धान्तिक स्वीकृति पाएसँगै दुवै बैंकले थप प्रक्रिया पनि अगाडि बढाएका थिए । तर, ८ महीनापछि हिमालयन बैंकको साधारणसभाले त्यो प्रस्ताव बहुमतले अस्वीकार गरेपछि मर्जर प्रक्रिया भाँडिएको हो । शुक्रवार काठमाडौं सम्पन्न हिमालयन बैंकको २९औं साधारणसभामा यससम्बन्धी प्रस्तावमा मतदान भएको थियो । १४ प्रतिशत शेयर स्वामित्व भएको कर्मचारी सञ्चय कोषले मर्जरको विपक्षमा मतदान गरेपछि मर्जर प्रक्रिया भाँडिएको बताइएको छ ।  साधारणसभाबाट प्रस्ताव पारित हुन न्यूनतम ७५ प्रतिशत शेयरधनी पक्षमा मतदान गर्नुपर्ने हुन्छ । तर, मर्जरको पक्षमा ४२ प्रतिशत शेयरधनीले मात्र मतदान गरेका थिए । योसँगै अब दुवै बैंक डिमर्जरको प्रक्रियामा जानुपर्ने भएको छ । त्यसका लागि संयुक्त मर्जर समितिले राष्ट्र बैंकमा डिमर्जरका लागि आवेदन दिनुपर्ने छ । त्यसपछि राष्ट्र बैंकले डिमर्जरका लागि स्वीकृति दिन सक्नेछ । तर, राष्ट्र बैंकले भने मर्जरको सम्झौताविपरीत काम गरेको भन्दै हिमालयन बैंकलाई कारबाही पनि गर्न सक्नेछ । राष्ट्र बैंक नियमन विभागका प्रमुख तथा कार्यकारी निर्देशक देवकुमार ढकालले यस मामलामा हिमालयन बैंकलाई कारबाही गर्न सकिने बताए । दुवै बैंकलाई लाभांश वितरणमा र शाखा विस्तारमा रोक लगाउन सकिने पनि उनको भनाइ छ । उनका अनुसार अब दुवै बैंकले ३ वर्षभित्र छुट्टाछुट्टै पाटर्नर खोजेर मर्जर प्रक्रियामा जानुपर्ने हुन्छ । हिमालयन र इन्भेष्टमेन्ट दुवै बैंक पुनः मर्जरमा पनि जान सक्नेछन् । तर, ३ वर्षभित्र दुवै बैंक एकआपसमा वा नयाँ पाटर्नर खोजेर अनिवार्य रूपमा मर्जरमा जानुपर्ने कार्यकारी निर्देशक ढकालको भनाइ छ । उनले भने, ‘त्यो नभएसम्म दुवै बैंकलाई लाभांश वितरण र शाखा विस्तारमा रोक लगाउने छौं । गत आवको लाभांशमा समेत रोक लगाइनेछ ।’ साथै, राष्ट्र बैंकबाट दिने सेवा सुविधामा पनि रोक लगाउन सकिने उनको भनाइ छ ।

नेपाल इन्भेष्टमेन्ट बैंक र हिमालयन बैंकबीचको मर्जर प्रक्रिया विफल!

काठमाडौँ। नेपाल इन्भेष्टमेन्ट बैंक र हिमालयन बैंकबीचको मर्जर प्रक्रिया विफल भएको छ। हिमालयन बैंकको संचालकबीच भनाभन भएपछि इन्भेष्टमेन्टसँगको मर्जर प्रक्रिया विफल भएको हो। शुक्रबार बसेको हिमालयन बैंक वार्षीक साधारणसभाले इन्भेष्टमेन्ट बैंकसँगको मर्जर प्रस्ताव अस्वीकृत गरेको हो।

हिमालयन–इन्भेष्टमेन्टको मर्जर प्रक्रिया : ३७ प्रतिशत सेयरधनीले जनाए अब्जेक्सन

दुई वाणिज्य बैंक ‘हिमालयन बैंक लिमिटेड’ र ‘नेपाल इन्भेष्टमेन्ट बैंक लिमिटेड’ को मर्जर प्रक्रिया त्यसै तुहिने संकेत गरेको छ । बैंक मर्जरका लागि भएको लामो प्रयाससँगै ड्यू डिलिजेन्स अडिट (डीडीए) समेत भइसकेको अवस्थामा डीडीएमै गडबडी गरेको आशंकामा मर्जर प्रक्रिया भाँडिने संकेत गरेकोे हो ।सोही सम्बन्धमा हिमालयन बैंकका ३७ प्रतिशत संस्थापक सेयरधनीले मर्जरको विरुद्धमा अब्जेक्सन जनाउँदै बैंकलाई पत्र पठाएका छन् । हिमालयन बैंकको संस्थागत लगानीकर्ता कर्मचारी सञ्चय कोष, छायाँ इन्टरनेशनल

हिमालयन बैंक र नेपाल इन्भेष्टमेन्ट बैंकको सेयर कारोबार रोक्का

काठमाडौं । दुई ठूला वाणिज्य बैंक हिमालयन बैंक लिमिटेड र नेपाल इन्भेष्टमेन्ट बैंक लिमिटेडको सेयर कारोबार शुक्रबारदेखि रोक्का भएको छ । शुक्रबार एक सूचना जारी गर्दै नेपाल स्टक एक्सचेन्ज लिमिटेड (नेप्से) ले दुई बैंकको सेयर कारोबार रोक्का गरिएको जानकारी दिएको हो । हिमालय बैंक र इन्भेष्टमेन्ट बैंक एक आपसमा गाभ्ने गाभिने –मर्जर) मा जाने भएपछि बैंकहरुले कारोबार रोक्नका लागि पठाएको पत्र अनुसार दुबै बैंकको कारोबार रोक्का गरिएको नेप्सेले जनाएको छ ।  ‘मिति २०७८/१/३० को पत्र अनुसार हिमा

मर्जर सहमति गरेका इन्भेष्टमेन्ट बैंक र हिमालयन बैंकको शेयर कारोबार रोक्का

काठमाडौँ / हिमालयन बैंक लिमिटेड र नेपाल इन्भेष्टमेन्ट बैंक लिमिटेडको शेयर कारोबार रोक्का गरिएको छ । एक आपसमा गाभ्ने/गाभिने (मर्जर)सम्बन्धी समझदारी पत्रमा हस्ताक्षर पश्चात बैशाख

मर्जपछिको नाम ‘हिमालयन एण्ड इन्भेष्टमेन्ट बैंक’ रहनेगरी मर्जर कमिटीमा सहमति

हिमालयन र नेपाल इन्भेष्टमेन्ट बैंकबीच मर्जका लागि नाममा सहमति जुटेको छ।