नेपाल इन्भेष्टमेन्ट बैंक र हिमालयन बैंकले अन्ततः मर्जरमा जाने भएका छन् । यसअघि असोज मसान्तभित्र एकीकृत कारोबार गर्ने गरि सहमति भएपनि विविध कारण मर्जर प्रक्रिया प्रभावित हुन पुगेको थियो । तर, अब भने आवश्यक सबै प्रक्रिया पुरा गरेर अन्तिम चरणमा रहेकाले आगामी पुसको अन्तिमसम्मका एकीकृत कारोबार गर्ने गरी अघि बढेको इन्भेष्टमेन्ट बैंकले जनाएको छ । यसअघि गत वैशाख ३० गते हिमालयन एण्ड नेपाल इन्भेष्टमेन्ट बैंकको नामकरण गर्नेगरी दुई बैंकको बीचमा मर्जर सहमति भएको थियो । दुईवटै बैंकले गत आर्थिक वर्षको वित