महिना दिनयता उठेन नगरपालिकाको फोहोर : फैलियो दुर्गन्ध ! - Naya Patrika

जिल्लाको सबैभन्दा ठूलो नगरपालिका सूर्योदय नगरपालिकाको फिक्कलमा एक महिनादेखि फोहोर उठ्न सकेको छैन । फोहोरमैला व्यवस्थापन गरिँदै आएको रमिते भन्ने स्थानसम्म पुग्ने सडक क्षतिग्रस्त भएपछि नगरपालिकाको बजार क्षेत्रमा फोहोरको डंगुर...पूरा पढ्नुहोस् »

सम्बन्धित सामग्री

इन्धनको रकम नदिएपछि उठेन पोखराको फोहोर

पोखरा – पोखरा महानगरपालिकाको सडकमा फोहोर थुप्रिन थालेको छ। शुक्रबारदेखि महानगरको बजार क्षेत्रमा फोहोर उठिरहेको छैन। चोक चोकमा थुप्रिएको फोहोरको दुर्गन्ध फैलन थालेको छ। पुस दोस्रो सातादेखि पोखरा महानगरपालिका–३२ लामेआहालस्थित सेती नदी किनारमा रहेको अस्थायी ल्यान्डफिल साइटमा फोहोरमैला व्यवस्थापन हुदैं आइरहेको छ। ल्यान्डफिल साइटमा फोहोर पुर्न महानगरले भाडामा लिएको एक्साभेटरको इन्धन मूल्य नपाएपछि फोहोर नउठेको […]

उठेन सिंहदरबारको फोहोर, भित्रै व्यवस्थापन गरिँदै (तस्बिरहरू)

काठमाडौं : काठमाडौं महानगरले दुई सातादेखि सिंहदरबार भित्रको फोहोर उठाएको छैन। महानगर प्रमुख बालेन साहले विभिन्न चौध बुँदामा असन्तुष्टि र सुझाव लेखेर सिंहदरबारको फोहोर उठाउन नसक्ने घोषणा गरेका थिए।उनले महानगरको समस्यालाई सिंहदरबारले सहयोग नगरेको भन्दै फोहोर नउठाउने घोषणा गरेका हुन्।लामो समयदेखि फोहोर नउठेपछि सिंहदरबारमा फोहोरको थुप्रो देखिन थालेको छ। जसले गर्दा यस क्षेत्रमा दुर्गन्ध फैलिन सक्ने र मानव स्वास्थ्यमा असर पर्नसक्ने भएपछि सिंहदरबारभित्रै विभिन्न व्‍यवस्थापनको तरिका अपनाउन थालि

एक महिनादेखि उठेन विर्तामोडको फोहोर

विर्तामोड नगरपालिकाले एक महिनादेखि फोहरमैला उठाउन नसक्दा सार्वजनिकस्थल दुर्गन्धित हुन थालेको छ । झापाको मुख्य व्यापारिक केन्द्र बिर्तामोडको मुक्तिचोक, विर्ताबजार, कृषिथोक, चारपाने, बुट्टाबारी, गरामनीलगायत सहरी तथा आसपासका बजारमा फोहोरको डङ्गुर थुप्रिएको छ । सार्वजनिक स्थलमा हिँड्डुल गर्दा सर्वसाधारणले नाक थुन्नुपर्ने अवस्था सिर्जना भएको छ ।फोहोर विसर्जन गर्न डम्पिङ साइटको व्यवस्था गर्न नसक्दा नगरको फोहरमैला उठाउन नसकिएको नगरपालिकाले जनाएको छ । फोहरमैला जताततै थुप्रिएर नगरमा दुर्गन्ध र सङ्क्रामक

उपत्यकाको फोहोर संकलन गरेर निजी क्षेत्रले उठाउँछ वार्षिक साढे तीन अर्ब

काठमाडौं उपत्यकाका तीनवटै जिल्लाबाट निजी तथा गैरसरकारी संस्थाले फोहोर संकलन गरेबापत वार्षिक साढे तीन अर्ब रूपैयाँभन्दा धेरै शुल्क उठाउँदै आएका छन्। तर फोहोर व्यवस्थापनमा भने सधैं लापरबाही हुँदै आएको छ। ती संस्थाले समयमा फोहोर नउठाउँदा सर्वसाधारण दुर्गन्ध मात्र होइन, विभिन्न रोगको समेत सिकार बन्न बाध्य छन् ।यही जेठमा मात्र उपत्यकाको फोहोर दुई साताभन्दा धेरै समय उठेन। काठमाडौं उपत्यकाका तीन जिल्लामा फोहोर संकलन गर्ने निजी तथा गैरसरकारी संस्था ७० वटाभन्दा धेरै छन् । यी संस्थाले उपत्यकाका तीन जिल्ला

उठेन उपत्यकाको फोहोर, जताततै दुर्गन्ध (फोटो फिचर)

हप्ता दिनदेखि काठमाडौं उपत्यकाको फोहोर उठ्न सकेको छैन। अहिले काठमाडौंका जताततै फोहोरको डङ्गुर मात्र देखिन्छ। पुतलीसडक, बागबजार, कमलादी, कमलपोखरी, बत्तीसपुतली, पुरानो बानेश्वर, रातोपुल, सिनामङ्गल, मैतीदेवी, डिल्लीबजार र नयाँबानेश्वर लगायतका दर्जनौँ स्थानमा लामो समयदेखि थुपारिएको फोहारको कारण सहर दुर्गन्धित बनेको छ। पासाङ ल्हामु राजमार्गको बालाजु–त्रिशूली–छहरे विदुर सडकखण्ड निर्माण नहुँदा काठमाडौंमा फोहोरको थुप्रो बढ्दै गएको छ।

ठेकेदारले सडक निर्माणमा बदमासी गर्दा उठेन काठमाडौंको फोहोर

ठेकेदारले दुई वर्षमा कालोपत्रे गर्नुपर्ने सडक आठ वर्षसम्म पनि अलपत्र पारेपछि काठमाडौं उपत्यकाको फोहोर व्यवस्थापनमा असर परेको छ । ११ दिनदेखि काठमाडौंका सडक, गल्ली र चोकहरूमा फोहोर थुप्रिएर दुर्गन्ध फैलिनुको एक...

ल्याण्डफिल्ड साइटका स्थानीयको अवरोधले सातादेखि बुटवलमा फोहोर उठेन

रुपन्देही । बुटवल उपमहानगरपालिकाको ल्याण्डफिल्ड साइट बुटवल–११ स्थित हात्तीसुँड र विनापाते क्षेत्रका स्थानीयले विरोध गरेपछि एकसातादेखि उपमहानगरभित्रबाट फोहोर उठ्न सकेको छैन । बस्ती छेउलाई डम्पिङ साइड बनाएर दुर्गन्ध फैलिएको भन्दै स्थानीयले विरोध गरपछि उपहानगरलाई फोहोर बिसर्जन गर्न समस्या भएको हो । बजार क्षेत्रबाट ल्याइएको फोहोरको थुप्रो बढेर बस्तीका बासिन्दाको घरको आडैमा आइपुगेको र हिँड्ने बाटोसमेत […]

फोहोर उठेन दुर्गन्ध फैलियो

उपत्यकाका नगर क्षेत्रमा दुई सातादेखि नियमित फोहोर संकलन हुन छाडेपछि दुर्गन्ध फैलिन थालेको छ ।