उठेन उपत्यकाको फोहोर, जताततै दुर्गन्ध (फोटो फिचर)

हप्ता दिनदेखि काठमाडौं उपत्यकाको फोहोर उठ्न सकेको छैन। अहिले काठमाडौंका जताततै फोहोरको डङ्गुर मात्र देखिन्छ। पुतलीसडक, बागबजार, कमलादी, कमलपोखरी, बत्तीसपुतली, पुरानो बानेश्वर, रातोपुल, सिनामङ्गल, मैतीदेवी, डिल्लीबजार र नयाँबानेश्वर लगायतका दर्जनौँ स्थानमा लामो समयदेखि थुपारिएको फोहारको कारण सहर दुर्गन्धित बनेको छ। पासाङ ल्हामु राजमार्गको बालाजु–त्रिशूली–छहरे विदुर सडकखण्ड निर्माण नहुँदा काठमाडौंमा फोहोरको थुप्रो बढ्दै गएको छ।