जुम्लाको एक मात्र नगरपालिका चन्दननाथ नगरपालिका फोहोरी नगरपालिकाको रुपमा चिनिन थालेको छ । हरेक वर्षको नीति तथा कार्यक्रम र बजेटमा फोहोर व्यवस्थापन प्राथमिकतामा पर्छ, तर नगरपालिका स्वच्छ र सफा हुन सक्दैन । अहिले पनि नगरक्षेत्रको फोहोर उठाइएको छैन । फोहोर व्यवस्थापन दिगो रुपमा अगाडि बढ्न सकेको छैन। जताततै फोहोर थुप्रिँदा बजार दुर्गन्धित बढेको छ । नगरपालिकाले समयमै फोहोर उठाउन नसक्दा समस्या झन् जटिल बन्दै गएको छ । कुहिने र नकुहिने फोहोर एकै ठाउँमा जम्मा पारिदिँदा पनि समस्या बढ