भारतमा कोरोना संक्रमितको संख्यामा वृद्धि, एकै दिन ३,७०० भन्दा बढी भेटिए

 पछिल्लो २४ घण्टामा भारतमा कोरोना संक्रमितको संख्यामा वृद्धि भएको छ । बुधबार ३ हजार ७१२ नयाँ संक्रमित भेटिएका छन् ।यस्तै यो अवधिमा कोरोनाका २ हजार ५८४ बिरामी निको पनि भएका छन् ।स्वास्थ्य मन्त्रालयको तर्फबाट जारी ताजा आँकडा अनुसार भारतमा कोरोनाका सक्रिय संक्रमितको संख्या बढेर १९ हजार ५०९ भएको छ ।भारतमा हालसम्म कोरोनाका ४ करोड २६ लाख २० हजार ३९४ बिरामी निको भइसकेका छन् । यस्तै दैनिक संक्रमण दर पनि ०.८४ प्रतिशत भएको छ ।#AmritMahotsav#Unite2FightCorona#LargestVaccineDrive𝗖𝗢𝗩𝗜𝗗 𝗙𝗟𝗔𝗦𝗛https://t.co

सम्बन्धित सामग्री

भारत : कोरोना संक्रमितको संख्यामा वृद्धि, सक्रिय संक्रमित ४४ हजार पार

भारतमा कोरोना संक्रमितको संख्यामा एक पटक पुनः वृद्धि भइरहेको छ । भारतमा पछिल्लो २४ घण्टामा ८ हजार ५८२ नयाँ संक्रमित भेटिएका छन् ।स्वास्थ्य मन्त्रालयको तर्फबाट जारी ताजा आँकडाका अनुसार भारतमा हाल कोरोनाका सक्रिय संक्रमितको आँकडा ४४ हजार ५१३ पुगेको छ । यो आँकडा अघिल्लो दिन ४० हजार ३७० थियो ।सक्रिय संक्रमित हालसम्म भेटिएका कूल संक्रमितको ०.१० प्रतिशत हो । पछिल्लो एक दिनमा कोरोनाका कारण चार संक्रमितको मृत्यु भएको छ । हालसम्म कोरोनाका कारण ज्यान गुमाउनेहरुको कूल आँकडा ५ लाख २४ हजार ७६१ पुगेको छ ।

कोरोनाविरुद्धको खोप लगाउनेको संख्या फेरि बढ्न थाल्यो

केही दिन यता कोरोनाभाइरस (कोभिड–१९) विरुद्धको खोप लगाउनेको संख्यामा वृद्धि देखिएको छ । कोरोना संक्रमणको तेस्रो लहरमा खोप लगाउनेको संख्या उल्लेख्य रहे पनि केहीअघि खोप अभियान सुस्त देखिएको थियो ।भारतमा कोरोना संक्रमितको सङ्ख्या बढ्न थालेसँगै नेपालमा कोरोनाभाइरस विरुद्धको खोप लगाउने दर बढेको छ । शुक्रबार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जारी गरेको तथ्याङ्क अनुसार अघिल्लो २४ घण्टामा दुई लाख ९० हजार ५६ जनाले कोरोनाविरुद्धको खोप लगाएका छन् ।वैशाख १५ गते अर्थात् बिहीबार १ लाख २५ हजार ४३ जनाले ख

भारतमा कोेरोना संक्रमितको संख्यामा वृद्धि, ९७५ नयाँ संक्रमित भेटिए

भारतमा शनिबार पछिल्लो २४ घण्टामा कोरोना भाइरसका ९७५ नयाँ संक्रमित भेटिएका छन् ।यसका साथै भारतमा कोरोना संक्रमितको कुल संख्या ४.३० करोड भएको छ ।यस्तै शुक्रबार, यो संक्रमणका कारण ४ को मृत्यु भएको थियो । यसअघि शुक्रबार ९४९ नयाँ संक्रमित भेटिएका थिए र ६ जनाको मृत्यु भएको थियो ।भारतमा कोरोना भाइरस संक्रमणका कारण हुने मृत्युको आँकडा ५.२१ लाख भइसकेको छ ।देशमा यतिबेला कोरोना भाइरस संक्रमितका कूल सक्रिय मामिलाको संख्या ११,१९१ छ ।

भारतीय विदेशमन्त्री एस जयशंकरलाई कोरोना संक्रमण

भारतीय विदेश मन्त्री एस जयशंकरलाई कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ। उनले ट्वीट गर्दै आफ्नो कोभिड १९ परीक्षण रिपोर्ट पोजेटिभ आएको जानकारी दिएका हुन्। जयशंकरले पछिल्लो समय आफूसँग नजिकिएका व्यक्तिलाई आवश्यक सतर्कता अपनाउन आग्रह समेत गरेका छन्। ओमोक्रन भेरियन्ट फैलिएसँगै भारतमा कोरोना संक्रमितको संख्यामा वृद्धि भइरहेको छ। बिहीवार बिहानमात्रै २…

भारतमा कोरोना भाइरसबाट थप ३३ हजार संक्रमित

भदौ २६, नयाँदिल्ली । भारतमा कोरोना भाइरसका थप ३३ हजार ३७६ जना संक्रमित थपिएका छन् ।            केन्द्रीय स्वास्थ्य मन्त्रालयले शनिवार दिएको जानकारीअनुसार नयाँ थपिएका संक्रमितमध्ये २५ हजार १० जना केरलाका राज्यमा मात्रै रहेका छन् ।            पछिल्लो समय केरलामा दैनिक संक्रमितको संख्या अत्यधिक धेरै देखिएको छ । भारतका बाँकी भू–भागमा भन्दा केरलामा संक्रमितको संख्या धेरै देखिएको हो ।            भारतमा अहिलेसम्म कुल संक्रमितको संख्या ३ करोड ३२ लाख ८ हजार ३३० पुगेको पनि मन्त्रालयले बताएको छ ।मन्त्रालयका अनुसार भारतमा अहिले कोरोनाभाइरसबाट संक्रमित अवस्थामै रहेकाको संख्या ३ लाख ९१ हजार ५१६ रहेको छ ।            त्यसैगरी भारतमा कोरोनाभाइरसका कारण अहिलेसम्म मृत्यु भएकाको संख्या ४ लाख ४२ हजार ३१७ पुगेको छ । तीमध्ये ३०८ जनाको पछिल्लो २४ घण्टामा मृत्यु भएको छ ।            सोही अवधिमा ३२ हजार १९८ जना कोरोनाभाइरसबाट संक्रमणमुक्त भएका छन् । संक्रमणमुक्त भएकाको कुल संख्या भने ३ करोड २३ लाख ७४ हजार ४९७ रहेको छ । भारतमा केही हप्तादेखि दैनिक संक्रमितको संख्यामा वृद्धि हुँदै आएपनि पछिल्ला केही दिनमा घटबढ हुने गरेको पाइएको छ । रासस/ एएनआई

भारतमा कोरोना सक्रमितकाे संख्या एक लाख ८२ हजार पुग्याे, ८७ हजार निकाे भए

भारतमा कोरोना भाइरसका कारण सङ्क्रमित हुनेहरूको दैनिक संख्यामा वृद्धि हुँदै गएको छ ।  पछिल्लो २४ घन्टामा

लकडाउनका कारण भारतमा डिप्रेसनका विरामी बढे

भारतमा ८५ हजारभन्दा बढीमा कोरोना भाइरसको संक्रमण देखिएको छ। भाइरसको संक्रमण नियन्त्रण गर्न भन्दै भारत सरकारले लकडाउन लागू गरेको छ। लकडाउन गरिएको ५० दिन नाघिसक्दा समेत दिनप्रतिदिन भारतमा कोरोना संक्रमितको संख्यामा वृद्धि भइरहेको छ। लकडाउनका कारण करोडौं मानिस घरभित्र बस्न बाध्य छन्। धेरैको रोजगारी गुमेको छ भने हजारौं मजदूर

भारतमा कोरोना संक्रमितको संख्या ४२ हजार नाघ्यो

एएनआई । भारतमा कोरोना भाइरस (कोभिड–१९) बाट संक्रमितको संख्यामा वृद्धि भएको छ । सोमबारको पछिल्लो तथ्यांकअनुसार यहाँ यस भाइरसबाट संक्रमित हुनेको संख्या ४२ हजार ५३३ जना पुगेको बताइएको छ । यहाँ यस संक्रमणबाट मृत्यु हुनेको संख्या पनि बढ्दो रहेको छ । अहिलेसम्म १ हजार ३७३ जनाको यस संक्रमणबाट ज्यान गएको बताइएको छ । भारतीय सञ्चारमाध्यमका …

भारतमा कोरोना संक्रमित बढेपछि स्वदेश फर्किदै नेपाली

बाँके : भारतमा कोरोना भाइरस संक्रमितको संख्या बढ्दै गएपछि कामका लागि भारत गएका स्वदेश फर्किन थालेका छन्। एक हप्तादेखि नेपाल फर्किनेको संख्यामा वृद्धि भएको इलाका प्रहरी कार्यालय, जमुनहाका प्रमुख प्रहरी नायव निरीक्षक माधवप्रसाद रिजालले बताए। उनले १ चैतमा एक सय १९ जना पुरुष र ३६ महिला गरि एक सय ५५ जना स्वदेश फर्किएकोमा २ चै...