भारत : कोरोना संक्रमितको संख्यामा वृद्धि, सक्रिय संक्रमित ४४ हजार पार

भारतमा कोरोना संक्रमितको संख्यामा एक पटक पुनः वृद्धि भइरहेको छ । भारतमा पछिल्लो २४ घण्टामा ८ हजार ५८२ नयाँ संक्रमित भेटिएका छन् ।स्वास्थ्य मन्त्रालयको तर्फबाट जारी ताजा आँकडाका अनुसार भारतमा हाल कोरोनाका सक्रिय संक्रमितको आँकडा ४४ हजार ५१३ पुगेको छ । यो आँकडा अघिल्लो दिन ४० हजार ३७० थियो ।सक्रिय संक्रमित हालसम्म भेटिएका कूल संक्रमितको ०.१० प्रतिशत हो । पछिल्लो एक दिनमा कोरोनाका कारण चार संक्रमितको मृत्यु भएको छ । हालसम्म कोरोनाका कारण ज्यान गुमाउनेहरुको कूल आँकडा ५ लाख २४ हजार ७६१ पुगेको छ ।

सम्बन्धित सामग्री

भारत : चार दिनसम्म घटेको संक्रमितमा पुनः वृद्धि

भारतमा लगातार चार दिनसम्म कोरोना संक्रमितमा गिरावट देखिएपछि एकपटक पुनः संक्रमितको संख्यामा वृद्धि भएको । मंगलबार २,८३,४९९ संक्रमित भेटिएका थिए । यतिबेला २.९८ लाख व्यक्ति निको पनि भए जबकी ६५९ को मृत्यु भएको छ । अघिल्लो दिनको तुलनामा नयाँ संक्रमितमा करिब २७ हजारको वृद्धि भएको छ । देशमा हाल कूल सक्रिय संक्रमित अर्थात् उपचार गराइरहेका बिरामीको संख्या २२.१५ लाख छ । कुल संक्रमित ४ करोड पार भएको छ । सोमबार देशमा २,५५,८७४ नयाँ कोरोना संक्रमित भेटिएका थिए । यतिबेला २.६७ लाख व्यक्ति निको भए जबक

निषेधाज्ञा खुकुलो भएसँगै कोरोना संक्रमण बढ्योः स्वास्थ्य मन्त्रालय

काठमाडौँ– निषेधाज्ञा खुकुलो भएसँगै संक्रमितको संख्यामा वृद्धि भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ। बिहीबार मन्त्रालयले विज्ञप्ति जारी गर्दै जनस्वास्थ्य मापदण्डको पालना नगर्दा पछिल्लो एक हप्तायता संक्रमित हुनेको दर बढ्दो क्रममा रहेको जनाएको हो। १० वटा जिल्लामा ५ सयभन्दा बढी सक्रिय संक्रमित र २६ जिल्लामा २ सयभन्दा बढी सक्रिय संक्रमित रहेको विज्ञप्तिमा उल्लेख गरिएको छ। ‘निषेधाज्ञा खुकुलो […]

चितवनमा होम आइसोलेसनमा बस्ने बढे

चितवन– चितवनमा होम आइसोलेसनमा बस्नेको संख्यामा वृद्धि भएको छ। जिल्ला स्वास्थ्य कार्यालय चितवनको तथ्याङ्कअनुसार यहाँ सक्रिय संक्रमित ९४३ छन् । त्यसमध्ये ६२६ जना होम आइसोलेसनमा रहेका...