नवलपुर । नवलपुरको मध्यबिन्दु जिल्ला अस्पतालमा पाँच महिनादेखि अपरेशन सेवा बन्द भएको छ । जिल्ला अस्पतालमा आवश्यक जनशक्ति नहुँदा पाँच महिनादेखि अपरेशन सेवा बन्द भएको अस्पतालका सूचना अधिकारी छविलाल सुवेदीले बताउनुभयो । गत चैत महिनादेखि जिल्ला अस्पतालमा अपरेशन सेवा बन्द भएको हो । जिल्ला अस्पतालमा ‘एनेस्थेसियन’ नहुँदा अपरेशन सेवा बन्द भएको सूचना अधिकारी सुवेदीले बताउनुभयो […]