केएमसीले ल्यायो खप्पर नखोली टाउकाको अपरेशन गर्ने नयाँ प्रविधि

काठमाडौं, २९ असार । काठमाडौं मेडिकल कलेज (केएमसी) ले अत्याधुनिक रोबोटिक न्यूरोसर्जिकल माइक्रोस्कोपबाट सेवा दिन सुरु गरेको छ। यस्तो अत्याधुनिक सेवा केएमसीले नेपालमै पहिलोपल्ट सुरु गरेको महाप्रवन्धक नारायण दाहालले बताए। भारतका केहि अस्पतालहरूमामात्र उपलव्ध रोबोटिक न्यूरोसर्जिकल माइक्रोस्कोप सेवाले बिरामीहरुलाई कम खर्चमा धेरै किसिमका सेवा दिनसक्ने न्यूरोसर्जरी विभागका प्रमुख प्रा. डा. अमीत थापाले बताए। न्यूरोसर्जरीका जटिल […]

सम्बन्धित सामग्री

नेपाल एसबिआई बैंक र ई–सेवाबीच रेमिट्यान्स भुक्तानी सम्झौता

काठमाडौं। नेपाल एसबिआई बैंक लिमिटेड र ई–सेवा मनि ट्रान्सफरबीच रेमिट्यान्स रकम भुक्तानी प्रदान गर्ने सम्झौता भएको छ । ग्राहकले बैंकका सम्पूर्ण शाखा र ई–सेवाका एजेन्टमार्फत भुक्तानी सेवा प्राप्त गर्न सक्ने बताइएको छ ।  उक्त सम्झौता कार्यक्रममा बैंकका प्रबन्ध सञ्चालक तथा प्रमुख कार्यकारी अधिकृत दीपककुमार दे, प्रमुख सञ्चालन अधिकृत यादवेन्द्र कान्त, प्रमुख प्रविधि अधिकृत सुनन्द मलहोत्रा, प्रमुख व्यवसाय प्रवद्र्घन अधिकृत रितेश अर्याल, ई–सेवाका इनोभेसन एण्ड अपरेशन म्यानेजर सुमित भण्डारी लगायत उपस्थित थिए । सम्झौतामा बैंकका नायब प्रमुख कार्यकारी अधिकृत तथा प्रमुख वित्तीय अधिकृत राजेशकुमार पण्डा र ई–सेवाका प्रमुख कार्यकारी अधिकृत अजेश कोइरालाले हस्ताक्षर गरेका छन् ।

अस्ट्रेलियाली र क्यानेडेली डलर अभाव

काठमाडौं। उच्च शिक्षा अध्ययनका लागि अस्ट्रेलिया र क्यानडा जाने विद्यार्थीको संख्या बढेसँगै बजारमा अस्ट्रेलियाली र क्यानेडेली डलरको नगद अभाव भएको छ । विद्यार्थीले विश्वविद्यालयको शुल्क बैंक ट्रान्सफरमार्फत भुक्तानी गर्ने भए पनि व्यक्तिगत खर्चका लागि नगद नै सटही गर्ने भएकाले अभाव भएको हो । सर्वसाधारणले नेपाल राष्ट्र बैंकको काउन्टरबाट समेत मागअनुसार सटही सुविधा नपाएको गुनासो गरेका छन् ।  राष्ट्र बैंकले हाल विद्यार्थीलाई भिसा तथा हवाई टिकट निश्चित भएपछि अस्ट्रेलियाली र क्यानेडेली ३ सय डलरसम्म नगदमा सटही सुुविधा उपलब्ध गराउँदै आएको छ । यसभन्दा बढी रकमका लागि भने बैंक, वित्तीय संस्थाले जारी गर्ने अमेरिकी डलरको विद्युतीय कार्डमार्फत सटही गर्न सकिने व्यवस्था गरिएको राष्ट्र बैंकका सहायक प्रवक्ता डा. डिल्लीराम पोखरेलले जानकारी दिए । नगद सञ्चितिका कारण विद्यार्थीलाई मागअनुसार सटही सुविधा भने दिन नसकिएको उनले स्वीकार गरे ।  ‘अस्ट्रेलिया र क्यानडा जाने विद्यार्थीको संख्या बढेसँगै नगद सटही गर्ने चाप बढेको छ,’ उनले भने, ‘नगदको सञ्चिति कम भएकाले अस्ट्रेलियाली र क्यानेडेली डलर मागेअनुसार दिन सक्ने अवस्था छैन ।’ पछिल्लो समय विद्युतीय भुक्तानीको प्रयोग बढ्दै जाँदा पर्यटकले पनि नगद बोक्न छाडेकाले नगद सञ्चिति कम छ । तर, अन्य माध्यमबाट तोकिएअनुसार सटही सुविधामा भने समस्या नभएको उनले बताए ।  हाल राष्ट्र बैंकले उच्च शिक्षा अध्ययन गर्न जाने विद्यार्थीलाई शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयको ‘नो अब्जेक्शन लेटर (अनापत्तिको प्रमाणपत्र) का आधारमा सटही सुविधा उपलब्ध गराउने व्यवस्था गरेको छ । विद्यार्थीलाई विश्वविद्यालयको शुल्क भुक्तानी गर्न बिल भौचरका आधारमा सटही सुविधा दिने गरेको छ । यसबाहेक राहदानीबापत २ हजार ५ सय अमेरिकी डलससम्म सटही सुविधा पाउँछन् ।  नगदमै सटही सुविधा खोज्ने प्रवृत्तिले अभाव देखिएको सहायक प्रवक्ता पोखरेलले बताए । ‘अहिले हामीसँग पर्याप्त विदेशी मुद्रा सञ्चिति भएकाले तोकिएअनुसार सटही सुविधा दिन समस्या छैन,’ उनले भने, ‘अमेरिकी डलरको विद्युतीय कार्डभन्दा नगदमै जोड दिएकाले समस्या देखिएको हो ।’ अमेरिकी डलरलाई अस्ट्रेलियाली र क्यानेडेली डलरमा परिवर्तन गर्दा विनिमय दरका कारण केही अन्तर पर्ने भएकाले विद्यार्थीले सकेसम्म नगद नै खोज्ने गरेको उनले बताए ।  विद्यार्थीलाई शैक्षिक परामर्श दिँदै आएको संस्था ओली एन्ड एशोसिएट्सका अपरेशन म्यानेजर युवराज कार्की डलर कार्ड बोकेर जान विद्यार्थीले झन्झट मान्ने गरेको बताए । यसैगरी डलर कार्ड स्थानीय मुद्रामा सटही गर्दा महँगो पर्ने भएकाले सकेसम्म नगद नै खोज्ने गरेको उनले अनुभव सुनाए ।  राष्ट्र बैंकको निर्देशनमा विद्यार्थीले अतिरिक्त न्यूनतम २ हजार ५ सय रुपैयाँदेखि अधिकतम ८ हजार अमेरिकी डलरसम्म वार्षिक निर्वाह खर्चसमेत सटही गर्न पाउने व्यवस्था छ । यसअनुसार बंगलादेश र पाकिस्तानका लागि २ हजार ५ सय, चीन, मलेशिया, थाइल्यान्ड र फिलिपिन्सका लागि ४ हजार, सिंगापुर, दक्षिण कोरियाका लागि ६ हजार, क्यानडा, अमेरिका, अस्ट्रेलिया र यूरोपेली मुलुकका लागि ८ हजार तथा अन्य देशका लागि ५ हजार अमेरिकी डलरसम्म वार्षिक सटही सुविधा पाउने व्यवस्था छ ।  कोभिड–१९ महामारी सकिएसँगै उच्च शिक्षा अध्ययन गर्न विदेश जाने नेपालीको संख्या बढिरहेको छ । यसले गर्दा उच्च शिक्षाका लागि नेपालबाट बाहिरिने रकम बढिरहेको छ ।  राष्ट्र बैंकको तथ्यांकअनुसार चालू आर्थिक वर्षको ३ महीनामा मात्र उच्च शिक्षाका लागि ३२ अर्ब ९२ करोड रुपैयाँ बाहिरिएको छ । गत आवको असोजसम्ममा उच्च शिक्षाका लागि १७ अर्ब ८९ करोड रुपैयाँ बाहिरिएको थियो । गत आवमा मात्र उच्च शिक्षाका लागि १ खर्ब ४२ करोड रुपैयाँ बाहिरिएको थियो ।  शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयका अनुसार चालू आर्थिक वर्षको कात्तिक मसान्तसम्ममा ३० हजारभन्दा बढीले नो अब्जेक्शन लेटर लिइसकेका छन् । यसमा बढी क्रमश: अस्ट्रेलिया, क्यानडा, जापान, अमेरिका र बेलायतको लागि जारी भएको मन्त्रालयका प्रवक्ता शिवकुमार सापकोटाले जानकारी दिए । गत आर्थिक वर्षमा एक लाख १० हजारभन्दा बढीले मन्त्रालयबाट नो अब्जेक्शन लेटर लिएका थिए ।  पछिल्लो समय विप्रेषण आप्रवाह वृद्धिसँगै विदेशी मुद्राको सञ्चिति सहज अवस्थामा छ । विदेशी मुद्राको सञ्चिति वृद्धिसँगै नेपाल राष्ट्र बैंकले चालू आवको मौद्रिक नीतिबाट विदेश भ्रमणमा जाने नेपालीका लागि राहदानीबापतको सटही सुविधा बढाएर २ हजार ५ सय डलर पुर्‍याएको छ ।

महिन्द्राको ‘द अल न्यू स्कर्पियो–एन’ नेपाली बजारमा

काठमाडौं  । महिन्द्राले ‘द अल न्यू स्कर्पियो–एन’ नेपालमा सार्वजनिक गरेको छ । कम्पनीका अनुसार ‘द अल न्यू स्कर्पियो–एन’ नेपालमा महिन्द्राको एसयुभी लाइनअपमा थप सवारीसाधन हो । महिन्द्राले नयाँ स्कर्पियो–एन सार्वजनिक गरेसँगै काठमाडौं, इटहरी र धनगढीमा आफ्नो एसयुभी नेटवर्क विस्तार गरेको जानकारी दिएको छ । ‘द अल न्यू स्कर्पियो–एन’ले विद्यमान उत्पादन श्रेणीमा क्रमभंगताका साथ कार्यसम्पादन प्रदर्शन, क्षमता, प्रविधि, ह्यान्डलिङ, एनभीएच, इन्टेरियर लगायतमा पहिचान स्थापित गरेको कम्पनीको भनाइ छ । ‘द अल न्यू स्कर्पियो–एन’ को प्रारम्भिक मूल्य रू. ८१ लाख ५० हजार रहेको र यो मूल्य सेप्टेम्बर ३० सम्म मात्र लागु हुने बताइएको छ । यो गाडीमा ३ वर्ष वा एक लाख किलोमिटरको वारेन्टी रहेको कम्पनीको भनाइ छ । महिन्द्रा एण्ड महिन्द्राका अन्तरराष्ट्रिय अपरेशन, अटोमोटिभ सेक्टरका प्रमुख सचिन अरोलकरले यसका हरेक विशेषता उत्कृष्ट रहेको भन्दै ‘द अल न्यू स्कर्पियो–एन’ले महिन्द्राको प्रामाणिक एसयुभीहरूको नयाँ युगको प्रतिनिधित्व गर्ने बताए ।

राष्ट्रिय वाणिज्य बैंकद्वारा कर्मचारी तथा शाखा पुरस्कृत

काठमाडौं । राष्ट्रिय वाणिज्य बैंक (Rastriya Banijya Bank) ले उत्कृष्ट कार्य सम्पादन गर्ने बैंकका शाखा कार्यालय तथा कर्मचारीलाई पुरस्कृत गरेको छ । बैंक (RBB)को ५८औं वार्षिकोत्सवको अवसरमा गत माघ १० गते घोषणा गरिएको विभिन्न पुरस्कार एक समारोहका बीच सोमवार बैंक सञ्चालक समितिका अध्यक्ष डा. बलराम पाठकले हस्तान्तरण गरेका हुन् । बैंकले आर्थिक वर्ष ०७७/७८ र ०७८/७९ को उक्त पुरस्कार वितरण गरेको हो । सर्वोत्कृष्ट कार्य सम्पादन गरेबापत् मानव संशाधन विभागका विभागीय प्रमुख भीमप्रसाद घिमिरे र ब्रान्च अपरेशन विभागका विभागीय प्रमुख सरोज बस्नेतलाई प्रदान गरेको बैंकले जानकारी दिएको छ । पुरस्कारको राशी जनही रू. ५० हजारसहित प्रमाणपत्र रहेको छ ।  त्यसैगरी उत्कृष्ट बैंक सेवा पुरस्कारबाट ६६ जना कर्मचारीलाई जनही रू. २० हजारसहित प्रमाणपत्र प्रदान गरिएको छ । सो अवसरमा विराटनगर शाखा र सूर्यविनायक शाखालाई प्रतिशाखा नगद रू. ५० हजार र प्रमाणपत्रले सम्मान गरिएको बैंकले जानकारी दिएको छ ।  त्यसैगरी अन्य उत्कृष्ट कार्य सम्पादन गर्ने ३४ ओटा शाखा कार्यालयका प्रबन्धकलाई जनही रू. १० हजारदेखि रू. ३० हजार र प्रमाणपत्र प्रदान गरिएको छ । साथै, कार्यक्रममा कर्मचारीलाई वरिष्ठ बैंकर्स अनिल केशरी शाहबाट ट्रान्सफरमेशनल लिडरशिप विषयमा प्रशिक्षणसमेत प्रदान गरिएको थियो । सो कार्यक्रममा बैंक सञ्चालक समितिका अध्यक्ष पाठकले उत्कृष्ट कर्मचारी तथा शाखा कार्यालयका प्रबन्धकलाई पुरस्कार प्रदान गर्दै बैंकिङ क्षेत्रमा नयाँ नयाँ प्रविधि र सोचको विकास भइरहेको सन्दर्भमा कर्मचारीले दक्षतापूर्ण कार्य गर्नुपर्ने बताए ।  बैंकका प्रमुख कार्यकारी अधिकृत किरणकुमार श्रेष्ठले बैंकले लामो समयदेखि उत्कृष्ट कार्य गर्ने कर्मचारीलाई पुरस्कृत गर्ने गरेकाले कार्यसम्पादनमा यसको उपलब्धि देखिएको बताए ।

न्यू बिजनेश एजको २२औं वार्षिकोत्सव विशेष: प्रविधिको बहुआयामिक योगदान

काठमाडौं । प्रविधिको क्षेत्रमा भइरहेको परिवर्तनसँगै उद्योग व्यवसायले आफूलाई त्यहीअनुरूप ढाल्दै लगेका छन् । औद्योगिक प्रतिष्ठान एवं व्यावसायिक घरानाहरूले उत्पादन प्रक्रिया, विक्रीवितरणको शैली, सञ्चार सम्पर्कलगायत कार्यपद्धतिसँग सम्बद्ध सबै कुरामा व्यापक परिवर्तन ल्याइसकेका छन् । मानिसको सट्टा मेशिन, उपकरणको प्रयोगले वस्तुको उत्पादन लागत घटाएको छ । मानिसले दशौं दिन वा महीनौं लगाएर गर्ने कामलाई प्रविधि प्रयोगबाट केही घण्टा वा दिनभरिमा गर्न सकिने भएको छ ।  साथै मेशिनबाट उत्पादन गर्दा मान्छेबाट जस्तो त्रुटिको सम्भावना पनि नरहने व्यवसायी बताउँछन् । मेशिनलाई जुनसुकै बेला पनि चलाउन र उत्पादन लिन सकिने हुँदा आवश्यक समयमा त्यसबाट उत्पादन लिन र अन्य समयमा बन्द राख्न सकिने सुविधा हुन्छ । मान्छेको प्रयोग गर्दा हुने चोटपटक दुर्घटना वा बिरामी र खर्च यन्त्र उपकरणको प्रयोगमा बेहोर्नु पर्दैन । उत्पादन लागत कटौतीदेखि, माग सर्वेक्षण, प्रचारप्रसार, व्यावसायिक मिटिङ/बैठक, डकुमेन्टेशन, ज्ञान आर्जन, भुक्तानीलगायत व्यवसायका सबैजसो आयाममा प्रविधिले सहजता र प्रभावकारिता थपेको छ । प्रविधिको प्रयोग अहिले कृषि, खानी, पोशाक उत्पादन गर्नेलगायत सबै उद्योग, कच्चा पदार्थ उत्पादन, संकलन, ढुवानीदेखि तिनलाई उपभोक्तासम्म पुर्‍याउनेसम्मको काममा भइरहेको छ । व्यवसायीका अनुसार आधुनिक प्रविधिको प्रयोगबाट उत्पादन लागत घट्न गएको छ । नेपाल उद्योग वाणिज्य महासंघका उपाध्यक्ष सुरकृष्ण वैद्यका अनुसार औद्योगिक क्षेत्रमा प्रविधिको विकासले धेरै राम्रो परिणाम दिइरहेको छ । लागत घट्न गएको छ । उत्पादन पनि बढेको छ । ‘तर, हामीकहाँ नयाँ नयाँ प्रविधिको प्रयोग गर्न जान्ने दक्ष जनशक्तिको अभाव खड्किरहेको स्थिति छ,’ उनले भने ।  विक्रीवितरण र बजारीकरणको कार्यमा पनि प्रविधि प्रयोग व्यापकरूपमा बढेको देखिन्छ । पहिलेको जस्तो विभिन्न ठाउँमा गएर/घुमेर माग संकलन गर्ने स्थिति अहिले छैन । न त सबै उपभोक्ताको पायक पर्ने ठाउँमा पसल राख्ने र त्यहीँबाट विक्रीवितरण गर्ने अवस्था नै छ । अचेल अनलाइनमार्फत माग संकलन हुन्छ । उद्योगहरूले डिमान्ड हेरेर सोहीअनुसार वस्तु ढुवानी गरिरहेका हुन्छन् । यसरी विक्रीवितरण गर्दा थोरै मान्छेबाट पनि काम सम्पन्न गर्न सकिन्छ । प्रविधिको यस किसिमको प्रयोगले एकातिर जनशक्तिको थोरै प्रयोग भइरहेको हुन्छ भने अर्कोतर्फ समयको बचत पनि भइरहेको छ ।  उद्योग व्यवसायको सञ्चार सम्पर्क स्थापित गर्ने तरीका पनि फेरिएको छ । पहिले व्यवसाय विस्तारको लागि भेटघाट वा पत्राचारबाट सम्पर्क गर्नुपर्ने स्थिति थियो । अहिले त्यसमा व्यापक परिवर्तन आएको छ । टेलिफोनको प्रयोग अलि पहिलेदेखि नै भइरहे पनि अहिले सबैका हातमा पुगेका स्मार्टफोनले सञ्चार सम्पर्कलाई निकै सहज र सरल बनाइदिएका छन् । वाइफाईको विस्तार एवं मोबाइल डेटाबाट फेसबुक, ह्वाट्सएप, इमेलको प्रयोग बढेको छ । अहिले धेरैजसो व्यावसायिक क्षेत्रमा यिनै माध्यमबाट सञ्चार सम्पर्क स्थापित भइरहेको छ । यस किसिमले छोटो समयमै सम्पर्क स्थापित गर्न सकिने माध्यमले उद्योग व्यवसायको प्रभावकारी सञ्चालनमा योगदान गरिरहेका छन् । नेपाल उद्योग परिसंघका उपाध्यक्ष वीरेन्द्रराज पाण्डे सूचनाप्रविधिमा भएको विकासले अपरेशन प्रक्रियामा सुधार ल्याएको बताउँछन् । ‘अहिले सञ्चारमाध्यममा धेरै प्रगति भएको छ, जसको लाभ व्यावसायिक जगत्लाई भएको छ । नयाँ नयाँ सफ्टवेयर विकासले सहजता प्रदान गरेको छ । डिजिटल वालेटको प्रयोग पनि बढ्दो क्रममा छ,’ उनले भने । प्रविधिको विकास र विस्तारसँगै व्यावसायिक ज्ञान आर्जन गर्नको लागि किताब पढ्नैपर्ने वा भौतिक रूपमा कुनै ठाउँमा सहभागी भएर कक्षा लिनुपर्ने अवस्था पनि अहिले छैन । युट्युब, अनलाइन वा गूगल गरेर धैरै कुरा पत्ता लगाउन सकिन्छ । यी सञ्जालमा व्यवसाय सञ्चालनसम्बन्धी ज्ञान प्रशस्त मात्रामा उपलब्ध छ । आफूलाई आवश्यक परेको विषयमा जुनसुकै बेला ज्ञान आर्जन गर्न सकिन्छ । यसरी प्राप्त गर्न सकिने नयाँनयाँ ज्ञानले व्यवसायको विस्तार एवं उद्योगको सुसञ्चालनमा मद्दत पुग्न गएको छ । कक्षाकोठामै सहभागिता जनाउन पनि जुम सजिलो माध्यमको रूपमा देखिएको छ । जुममार्फत भौतिक रूपमै उपस्थितिको आभास हुने र समयको बचत हुने गर्छ । विभिन्न समयमा व्यावसायिक साझेदारहरू, वित्तीय लगानीकर्ता वा ग्राहक वर्गसँग हुने मिटिङ पनि जुमकै माध्यमबाट गर्न सकिन्छ । यसबाट समयको साथै पैसाको पनि बचत भएको छ । प्रविधिको विकासले बैंकिङ क्षेत्रमा अवलम्बन भएको अनलाइन पेमेन्ट सिस्टमले व्यवसायीलाई कारोबारमा सहजता देखिएको छ । व्यावसायिक गतिविधि सञ्चालनका लागि पैसा बोकेर जाँदा हुने जोखिमबाट उनीहरू जोगिएका देखिन्छन् । यसले चेकको कारोबारमा पनि उल्लेख्य मात्रामा कमी ल्याइदिएको छ ।  औद्योगिक एवं व्यावसायिक संस्थाको कार्यालय व्यवस्थापनका लागि कागजमा डकुमेन्टेशन गर्ने परिपाटीको लगभग अन्त्य भएको छ । कम्प्युटर र ल्यापटपमा अहिले सबै कुराको डकुमेन्टेसन भइरहेको छ । यसबाट स्थानको बचत हुनुका साथै चाहिएको बेला जुनसुकै ठाउँमा पनि सजिलैसँग डकुमेन्टेशन भएका कुराहरू एवं तथ्य, तथ्यांक हेर्न सकिने सुविधा छ ।  अहिले आफ्नो उत्पादनको बजार माग केकस्तो छ भन्ने कुरा व्यवसायीले सामाजिक सञ्जालबाटै पत्ता लगाइरहेका छन् । उनीहरूले कुन वस्तुको माग बजारमा बढी छ र आफ्नो उत्पादनमा केकस्ता सुधारको खाँचो छ भन्ने कुरा बुझ्न पनि प्रविधिकै प्रयोग गरिरहेका छन् । प्रविधिको व्यापक प्रयोगले विभिन्न ठाउँमा घुमेर, क्रेतासँगको प्रत्यक्ष सम्पर्कद्वारा वा विभिन्न एजेन्सीमार्फत माग पत्ता लगाउने तरीका उल्लेख्य रूपमा घटेको छ । प्रविधि प्रयोग गरेर बजारको अवस्था बुझ्न सम्भव भएपछि एकातिर पैसा बचत भएको छ भने अर्कोतिर छोटो समयमै बजार अवस्थाको ज्ञान प्राप्त हुँदा आवश्यक सुधार गरी बजार सृजना गर्न र बचाइ राख्न टेवा पुगेको देखिन्छ ।  अहिले प्रचारप्रसारको शैलीमा पनि व्यापक परिवर्तन आएको छ । पहिले ठाउँठाउँमा विभिन्न किसिमका कार्यक्रम गरेर, माइकिङ गरेर, सडक र टोलटोलमा पर्चा पम्पलेट राखेर प्रचारप्रसार गर्ने गरिन्थ्यो । त्यस्तै प्रचारप्रसारका लागि पत्रपत्रिका, रेडियो र टेलिभिजन मात्र प्रयोग हुने गरेकोमा अहिले अवस्था फेरिएको छ । परम्परागत रूपमा गरिने प्रचारशैलीमा उल्लेख्य कमी आएको छ । सामाजिक सञ्जालहरू प्रचारप्रसारका लागि व्यापक रूपमा प्रयोग हुने गरेका छन् । यसको अतिरिक्त अनलाइन न्युजपोर्टल र टेलिभिजनको प्रयोग पनि निकै ठूलो मात्रामा भइरहेको छ । बजारमा ठाउँठाउँमा डिजिटल बोर्डबाट पनि प्रचारप्रसार भइरहेको देख्न सकिन्छ । प्रचारप्रसारको लागि श्रव्य–दृश्य माध्यमका साथै सबैले सबै ठाउँमा लग्न मिल्ने र देख्न सकिने माध्यम प्रयोग गर्दा प्रभावकारिता बढेको व्यवसायी बताउँछन् । समग्रमा हेर्दा नयाँ अर्थतन्त्रको स्वरूपमा प्रविधिले महत्त्वपूर्ण भूमिका खेलिरहेको छ । प्रविधि प्रयोगबाट उद्योग व्यवसाय उल्लेख्य मात्रामा फस्टाउनुका साथै सञ्चालन सजिलो भएको छ । जनशक्तिको ठाउँ प्रविधिले लिँदा र समय बचत हुँदा लागत घट्न गई पैसाको पनि बचत भएको छ । वस्तुको उत्पादन र बजारीकरणको प्रक्रिया छिटो सम्पन्न भइरहेको छ । गुणस्तरमा पनि प्रविधि प्रयोगले सुधार आइरहेको व्यवसायी बताउँछन् । यी सबै किसिमका प्रविधिको सकारात्मक प्रभावले छोटो समय र कम लागतमा बढी मुनाफा आर्जन गर्ने स्थिति बनेको छ ।  प्रविधिको जुन गतिमा विकास भइरहेको छ, यसबाट आगामी दिनमा औद्योगिक एवं व्यावसायिक क्षेत्रले थप फाइदा लिन सक्ने देखिन्छ । त्यसबाट उद्योग व्यवसाय सञ्चालन सजिलो हुनुका साथै व्यवसायको विकासमा पनि टेवा पुग्नेछ । व्यवसायीले प्रविधि कि जनशक्ति भन्ने कुराको छनोट तुलनात्मक अध्ययनको आधारमा गर्ने नेपाल चेम्बर अफ कमर्सका उपाध्यक्ष लोकमान्य गोल्छा बताउँछन् । ‘प्रविधिको प्रयोग गरेर परम्परागत तरीकाभन्दा सस्तोमा उत्पादन लिन सकिन्छ । त्यही भएर यसको प्रयोग बढेको हो । आगामी दिनमा यो अझै विस्तार भएर जाने देखिन्छ,’ उपाध्यक्ष गोल्छाले भने । विदेशका कतिपय ठाउँमा जस्तै नेपालमा पनि रोबोट प्रयोगमा आउन सक्ने अवस्था निर्माण हुँदै गएको व्यवसायी बताउँछन् ।

सीमा विवादमा राजनीतिकरण नगर्ने समझदारी, ऊर्जा सहकार्यको खाका तयार

नेपाल र भारतका प्रधानमन्त्रीबीचको छलफलमा दुवै पक्षबीच सीमाको विषय संवादबाट हल गर्नुपर्ने र यस्ता सवालहरूको राजनीतिकरण गर्न नहुने समझदारी भएको भारतीय विदेशमन्त्रालयका एक जना उच्च अधिकारीले बताएका छन्।भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसँगको संयुक्त पत्रकार सम्मेलनमा नेपालका प्रधानमन्त्री शेरबहादुर देउवाले आफूले स्थापित संयन्त्रबाट सीमा समस्या हल गर्न अनुरोध गरेको बताएका थिए।नेपाल र भारतबीच लामो समयदेखि सीमा विवादहरू छन् र दुवै देशले केही समय पहिले अद्यावधिक गरेका नक्साले ती समस्या थप जटिल बनेका छन्।पाँचौ पटक प्रधानमन्त्री चुनिएपछि पहिलो दुईदेशीय भ्रमणमा नयाँ दिल्ली पुगेका देउवाले सीमा समस्याको बारेमा भारतीय पक्षसँग छलफल गरेको बताएका थिए।सीमाबारे भारतले के भन्यो?प्रधानमन्त्री देउवाको उच्चस्तरीय भेटवार्तामा भएका प्रगतिबारे जानकारी दिन आयोजित पत्रकार सम्मेलनमा भारतीय विदेशसचिव हर्षवर्द्धन श्रृङ्गलाले भने, 'दुवै पक्षबीच सीमाको सवाल छलफल र सम्वादको माध्यमबाट हल गर्नुपर्छ र यस्ता विषयको राजनीतिकरण गर्नुहुँदैन भन्नेमा आम सहमति रह्यो।'उनले भारतले बाङ्ग्लादेशसम्म भूमि र सामुद्रिक सीमा विवाद हल गरेको प्रसङ्ग कोट्याउँदै नेपालसँग पनि सीमाको विषयमा छलफल गर्ने संयन्त्रहरू रहेको बताए।उनले थपे, 'हामीले के भनिरहेका छौँ भने दुई पक्षबीच संक्षिप्त छलफल भयो र हामीले यी विषयहरू सम्बोधन गर्न सुरु गर्न वार्ता र छलफल जिम्मेवार तरिकाले गर्नुपर्छ भनेर महसुस गरेका छौँ। त्यो दिशामा हामी अघि बढ्छौँ।'कालापानी, लिपुलेक अनि लिम्पियाधुरा क्षेत्र समेटेर नेपालले नक्सा जारी गरेपछि नेपाली प्रधानमन्त्रीबाट भएको यो पहिलो भारत भ्रमण हो। भारतले कालापानी क्षेत्र समेटेर आफ्नो नक्सा अद्यावधिक गरेपछि नेपालले कूटनीतिक नोट पठाउँदा दिल्लीले कुनै जवाफ दिएको थिएन।त्यसपछि नेपालले आफ्नो नक्सामा गरेको परिवर्तनलाई भारतले अस्वीकार गर्दै आएको छ। आफ्ना समकक्षी मोदीसँग भेट्नुअघि देउवालाई भारतीय विदेशमन्त्री एस जयशङ्कर र भारतीय सुरक्षा सल्लाहकार अजित दोभलले भेटेका थिए।ऊर्जा क्षेत्रमा प्रमुख उपलब्धियो पटकको भ्रमणको प्रमुख उपलब्धि ऊर्जा क्षेत्रमा कायम भएको भारतीय विदेश मन्त्रालयको भनाइ छ। उसका अनुसार दुवै देशले ऊर्जा सम्बन्धी संयुक्त अवधारणा पत्रलाई अन्तिम रूप दिएका छन्।त्यसले ऊर्जा क्षेत्रमा सुदृढ साझेदारीको ढोका खोल्ने भारतीय विदेश सचिवले बताए। उनका अनुसार ऊर्जा व्यापारको सम्बन्धमा नेपालले गरेको प्रस्तावलाई अघि बढाइएको भारतीय प्रधानमन्त्री मोदीले देउवालाई जानकारी गराएका थिए।यसबाट नेपालले भारतलाई गर्ने विद्युत् निर्यात उल्लेख्य रूपमा वृद्धि हुने र त्यसले नेपालको अर्थतन्त्रमा योगदान पुर्‍याउने उनले जानकारी दिए।संयुक्त ऊर्जा अवधारणामा के छ?नेपाल र भारतले सहमति गरेको अवधारणा पत्रमा संयुक्त रूपमा ऊर्जा विकासमा दुई देशले सहकार्य गर्ने, अन्तर्देशीय प्रसारण लाइनको विस्तार गर्ने, दुवैतर्फ आपसी लाभ, बजारको माग र घरेलु कानुन अनुसार विद्युत् व्यापार गर्ने, समन्वयात्मक रूपमा राष्ट्रिय ग्रिड सञ्चालन गर्ने र प्रविधि र अपरेशन सहितका क्षेत्रमा सहकार्य गर्ने भनिएको छ।त्यसमा दुईदेशबीचको साझेदारी बाङ्ग्लादेश, भुटान, भारत र नेपाल सम्मिलित बीबीआईएन भनिने उपक्षेत्रीय समूहका साझेदारहरूसँग पनि आपसी सहमतिका आधारमा विस्तार गर्न सकिने उल्लेख छ।नवीकरणीय ऊर्जाको उत्पादन त्यसमा पनि मूल रूपमा जलविद्युत् दुवै देशबीचको ऊर्जा साझेदारीको केन्द्रबिन्दु हुने भनिएको छ। नेपालको जलविद्युत् क्षेत्रमा भारतीय लगानीले दुवै देशलाई विभिन्न लाभ दिने पनि उक्त अवधारणा पत्रमा उल्लेख छ।नेपालले भारतका कम्पनीहरूलाई आपसी लाभ हुने गरी जलाशयमा आधारित परियोजनासहित जलविद्युत क्षेत्रमा लगानी गर्न निम्तो दिएको त्यसमा जनाइएको छ।दुवै प्रधानमन्त्रीले पञ्चेश्वर परियोजनाको विस्तृत आयोजना प्रतिवेदनलाई जतिसक्दो चाँडो अन्तिम रूप दिने प्रतिवद्धता जनाएका छन्।सन् १९९६ मा प्रधानमन्त्री शेरबहादुर देउवाको भारत भ्रमणका क्रममा हस्ताक्षर भएको महाकाली सन्धिमा पञ्चेश्वर परियोजना निर्माणको प्रतिवद्धता जनाइएको थियो।नेपाल र भारत दुवै देशले प्राथमिकतामा राखेको बताउँदै आएपनि हालसम्म उक्त परियोजनाको डीपीआर समेत बन्न सकेको छैन।भारतसँग अरू के के सम्झौता भयो?प्रधानमन्त्री देउवाले भारतसँगको सम्बन्धलाई नेपालले उच्च महत्त्व दिएको प्रधानमन्त्री मोदीसँगको भेटमा जानकारी गराएका थिए।दुवै पक्षबीच भएका सहमति अन्तर्गत भारतको डिजिटल रुपे कार्ड नेपालमा प्रयोगमा आउनेछ र त्यसले पर्यटन सहितका क्षेत्रमा लाभ दिने अधिकारीहरूले बताएका छन्।दुवै पक्षबीच हस्ताक्षर भएको सम्झौता अनुसार पेट्रोलियम पदार्थको आपूर्तिको समयसीमा पाँच वर्षले नवीकरण भएको छ। अर्को सम्झौताले नेपाल आयल निगम र भारतीय आयल कर्पोरेशनबीच प्राविधिक साझेदारी आदानप्रदान गर्ने प्रतिवद्धता जनाएको छ।रेलवे क्षेत्रमा प्राविधिक सहकार्य गर्ने समझदारीपत्र र अन्तर्राष्ट्रिय सोलार एलायन्स फ्रेमवर्कमा नेपाल आबद्ध हुने सम्झौतामा नेपालले हस्ताक्षर गरेको छ। -बिबिसीबाट

पुरानो मेडिकल कलेजले भित्र्यायो नयाँ प्रविधि, आठ बिरामीको ‘लाइभ अपरेशन’

चितवन : भरतपुरमा रहेको कलेज अफ मेडिकल साइन्सेज शिक्षण अस्पताल (पुरानो मेडिकल कलेज)ले नाक, कान र घाँटी (ईएनटी)को शल्यक्रियामा नयाँ प्रविधि भित्र्याएको छ। अस्पतालका ईएनटी विभागका प्रमुख डा. जयप्रकाश मैयाँले कलेजले एड्भान्स इन्डोस्कोपिक सर्जरी भित्र्याएको जानकारी दिए।  नेपालमै पहिलो पटक उक्त प्रविधि भित्र्याइएको ...

आँखा उपचारमा नयाँ प्रविधि भित्रियो

नेपाल आँखा अस्पतालले आफ्नो सेवा सुविधा विस्तार गर्ने क्रममा जापानको निडेक कम्पनीको नयाँ प्रविधि भित्र्याएको छ । सो मेशिनले मोतिविन्दुको अपरेशन