खोटाङ : जिल्ला अस्पताल दिक्तेलमा शल्यक्रियामार्फत डेलिभरी गराउने सेवा बन्द भएको छ। कर्मचारी बिरामी भएर बिदामा बसेकाले शल्यक्रियामार्फत डेलिभरी गराउने उपचार अनिश्चित समयका लागि बन्द गरिएको आइतबार अस्पतालले सूचना प्रकाशन गरेर जनाएको छ।कार्यालयमा कार्यरत एनेस्थेसिया (अपरेशन गर्दा बिरामीलाई बेहोस बनाउने कर्मचारी) अस्वस्थ भई बिदामा बसेका कारण उक्त सेवा नै बन्द भएको अस्पतालको सूचनामा उल्लेख छ।जिल्ला अस्पतालमा डेलिभरीका बिरामीहरु दैनिकजसो आउने गरेका छन्। कतिपय गर्भवती महिलाहरूमा विभिन्न समस्याले ड