नवलपरासी - नवलपरासी बर्दघाट सुस्तापूर्व नवलपुरको मध्यबिन्दु जिल्ला अस्पतालमा पाँच महिनादेखि अपरेशन सेवा बन्द भएको छ । जिल्ला अस्पतालमा आवश्यक जनशक्ति नहुँदा पाँच महिनादेखि अपरेशन सेवा बन्द भएको अस्पतालका सूचना अधिकारी छविलाल सुवेदीले बताउनुभयो।
गएको चैतदेखि जिल्ला अस्पतालमा अपरेशन सेवा बन्द भएको हो । जिल्ला अस्पतालमा ‘एनेस्थेसियन’ ( अपरेशन पूर्व बेहोस बनाउने चिकित्सक ) नहुँदा अपरेशन सेवा बन्द हुन पुगेको सूचना अधिकारी सुवेदीले बताउनुभयो ।चैत महिना अघिसम्म कोभिड करारमा एक जना ...