प्रहरीको उपचारमा २५ प्रतिशतसम्म छुट दिने गरी नेपालगन्ज मेडिकल कलेज र लुम्बिनी प्रदेश प्रहरी अस्पताल नेपालगन्जबीच सम्झौता भएको छ । साउन १ गतेदेखि नै लागू हुने गरी एक वर्षे सम्झौता गरिएको नेपालगन्ज मेडिकल कलेजले जनाएको छ । सम्झौताबाट धेरै जना प्रहरी, पूर्वप्रहरी र परिवारको स्वास्थ्य उपचारमा सहयोग पुग्ने छ ।