वर्ल्डलिंकका सञ्चालक जलानको कोरोना संक्रमणबाट मृत्यु

वैशाख ३०, काठमाडौं । नेपालको सबैभन्दा ठूलो इन्टरनेट सेवा प्रदायक कम्पनी वर्ल्डलिंक कम्युनिकेसन लिमिटेडका सञ्चालक विजय जलानको कोरोना संक्रमणका कारण मृत्यु भएको छ । उनको उपचारका क्रममा बिहीवार काठमाडौंस्थित मेडिसिटी अस्पतालमा मृत्यु भएको हो ।४७ वर्षिय जलान कोरोना संक्रमण देखिएपछि गत वैशाख १८ गते अस्पताल भर्ना भएका थिए । पछिल्लो समय उनको स्वास्थ्यमा केहि सुधारहरु देखिएको बताइए पनि बुधवार बेलुका भेन्टिलेटरबाट बाहिर निकालिए पछि उनको अवस्था अवस्था असहज भएको र त्यसलगत्तै भेन्टिलेटरमा सारिएको थियो । इन्टरनेट सेवा प्रदायक संघ नेपाल (आइस्पान) का वरिष्ठ सल्लाहकार तथा कार्यकारी सदस्समेत रहेका उनका श्रीमति सहित एक छोरा छन् ।

सम्बन्धित सामग्री

डेंगु संक्रमणबाट मृत्यु हुने ५१ पुगे

डेंगु संक्रमणबाट मृत्यु हुनेको संख्या ५१ पुगेको छ । इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका अनुसार साउनयता फैलिएको डेंगुबाट ४२ हजार पाँच सय चारजना संक्रमित हुँदा ५१ को मृत्यु भएको हो । तथ्यांकअनुसार...

सप्तरीमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या तीन पुग्यो

कोरोनाको तेस्रो लहरमा सप्तरीमा मृत्यु हुनेको संख्या तीन पुगेको छ। रूपनी गाउँपालिका–१ की ७६ वर्षीया एक महिलाको कोरोना संक्रमणकै कारण १० माघमा मृत्यु भएको हो । योसँगै सप्तरीमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या तीन पुगेको हो।बिरामी भएपछि ती महिलालाई विराटनगरस्थित कोसी अस्पताल भर्ना गरिएको थियो । पीसीआर परीक्षण गराउँदा रिपोर्ट पोजेटिभ आएपछि उपचार अघि बढाइएको थियो । सोही क्रममा उनको अस्पतालमा मृत्यु भएको रूपनी गाउँपालिकाका स्वास्थ्य शाखा प्रमुख रामनारायण यादवले बताए। यसअघि विष्णु

दाङकी एक महिलाको कोरोना संक्रमणबाट मृत्यु

दाङ : दाङकी एक महिलाको कोरोना संक्रमणबाट मृत्यु भएको छ। मृत्यु हुनेमा तुलसीपुर उपमहानगरपालिका–६ की ४१ वर्षीया महिला रहेको उपमहानगरका कोभिड–१९ फोकलपर्सन विमल केसीले जानकारी दिए।उनका अनुसार ति महिलाको सोमबार दिउँसो उपचारको क्रममा बाँकेको भेरी अस्पतालमा मृत्यु भएको हो। उनलाई गत पुस ३० गते कोरोना भाइरस पुष्टि भएको थियो। केसीले तेस्रो लहर सुरु भएसँगै जिल्लामा पहिलो पकट कोरोना संक्रमणबाट मृत्यु भएको बताए।उनले ति महिलाले कोरोनाको कुनै पनि खोप नलगाएको बुझिएको जानकारी दिए। त्यस्तै सोमबार तुलस

प्रमुख प्रशासकीय अधिकृत खाम्यहाङको कोरोना संक्रमणबाट मृत्यु

झापा। झापाको अर्जुनधारा नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत महेन्द्रकुमार खाम्याहाङको कोरोना भाइरस संक्रमणबाट मृत्यु भएको छ। विर्तामोडस्थित बिएन्डसी हस्पिटलमा उपचाररत खाम्यहाङको आज २:३० बजे मृत्यु भएको झापाका प्रमुख जिल्ला अधिकारी श्रवणकुमार तिमल्सिनाले बताए। उनलाई वैशाख १० गते एन्टिजेन परीक्षण गर्दा संक्रमण पुष्टि भएको थियो। उनलाई वैशाख १७ गतेदेखि उपचारका लागि बिएन्डसीमा भर्ना गरिएको थियो।

एकै घरका तीन जनाको कोरोना संक्रमणबाट मृत्यु

बडिगाड गाउँपालिका-४ मा एकै घरका तीन जनाको कोरोना संक्रमणबाट मृत्यु भएको छ। उनीहरूको एक हप्ताभित्रै मृत्यु भएको हो। बडिगाड-४ को जलजलामा दुई हप्ताअघि विवाहभोज खाएकाहरू संक्रमित भएका थिए।

सिरहामा थप एक पुरुषको कोरोना संक्रमणबाट मृत्यु

सिरहामा थप एक पुरुषको कोरोना संक्रमणबाट मृत्यु भएको छ । मृत्यु हुनेमा सिरहा नगरपालिका ५ निवासी ६५ वर्षीया पुरुषको कोरोना संक्रमणका कारण बिराटनगर स्थित नोबेल हस्पिटलमा मृत्यु भएको  जिल्ला स्वास्थ कार्यालय सिरहाले जनाएको हो । स्वास्थ्यमा समस्या भएपछि उपचारको लागि नोबेल हस्पिटल पुग्दा  गत १७ गते करोना पोजेटिभ पुष्टि भएको थियोे करोना पोजेटिभ भएपछि  नोबेल हस्पिटलमा उपचारको क्रममा मृत्यु भएको जिल्ला स्वास्थ कार्यालय सिरहाले जनाएको छ । यो सँगै सिरहामा ८ जनाको मृत्यु भएको छ

कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या बढेपछि बागमती किनारमै जलाउन थालियो शव

कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या बढेपछि बागमती किनारमै शव जलाउन थालिएको छ । संक्रमितको शव व्यवस्थापन गर्दै आएको सेनाले दैनिक २० देखि ३० जनासम्मको शव व्यवस्थापन गर्दै आएको बताएको छ...

सीताराम यचुरीका छोरा आशिषको कोरोना संक्रमणबाट मृत्यु

एजेन्सी। कम्युनिस्ट पार्टी अफ इन्डिया (मार्क्सवादी) का महासचिव सीताराम यचुरीका छोरा आशिष यचुरीको कोरोना भाइरसको संक्रमणबाट मृत्यु भएको छ। यचुरीले ट्विट गर्दै आफ्नो छोराको उपचारमा संलग्न डाक्टर, नर्स, फ्रन्टनाइनर स्वास्थ्यकर्मीलाई धन्यवाद दिएका छन्। ३४ वर्षीया आशिषको मेदान्त अस्पतालमा उपचारका क्रममा बिहीबार बिहान साढे ५ बजे मृत्यु भएको हो।

विश्वभर कोरोना संक्रमणबाट मृत्यु हुनेहरुको संख्या २० लाख नाघ्यो

एजेन्सी । विश्वभर कोरोना संक्रमणका कारण मृत्यु हुनेहरुको संख्या २० लाख नाघेको छ । जोन हपकिन्स विश्वविद्यालयले जारी गरेको पछिल्लो तथ्यांकअनुसार संसारभर कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या २० लाख नाघेको हो । त्यसमध्ये अमेरिकामा सबैभन्दा बढी व्यक्तिको संक्रमणबाट मृत्यु भएको छ ।अमेरिकामा अहिलेसम्म ३ लाख ९० हजार जनाको संक्रमणबाट मृत्यु भएको जनाइएको छ भने ब्राजिलमा करिब २ लाख जनाको संक्रमणबाट मृत्यु भएको छ । त्यस्तै भारतमा करिब डेढ लाख जनाको ज्यान गएको छ । तथ्याँकअनुसार विश्वभर ९ करोड ३० लाख भ