कोरोनाको तेस्रो लहरमा सप्तरीमा मृत्यु हुनेको संख्या तीन पुगेको छ। रूपनी गाउँपालिका–१ की ७६ वर्षीया एक महिलाको कोरोना संक्रमणकै कारण १० माघमा मृत्यु भएको हो । योसँगै सप्तरीमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या तीन पुगेको हो।बिरामी भएपछि ती महिलालाई विराटनगरस्थित कोसी अस्पताल भर्ना गरिएको थियो । पीसीआर परीक्षण गराउँदा रिपोर्ट पोजेटिभ आएपछि उपचार अघि बढाइएको थियो । सोही क्रममा उनको अस्पतालमा मृत्यु भएको रूपनी गाउँपालिकाका स्वास्थ्य शाखा प्रमुख रामनारायण यादवले बताए। यसअघि विष्णु