विश्वभर कोरोना संक्रमणबाट मृत्यु हुनेहरुको संख्या २० लाख नाघ्यो

एजेन्सी । विश्वभर कोरोना संक्रमणका कारण मृत्यु हुनेहरुको संख्या २० लाख नाघेको छ । जोन हपकिन्स विश्वविद्यालयले जारी गरेको पछिल्लो तथ्यांकअनुसार संसारभर कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या २० लाख नाघेको हो । त्यसमध्ये अमेरिकामा सबैभन्दा बढी व्यक्तिको संक्रमणबाट मृत्यु भएको छ ।अमेरिकामा अहिलेसम्म ३ लाख ९० हजार जनाको संक्रमणबाट मृत्यु भएको जनाइएको छ भने ब्राजिलमा करिब २ लाख जनाको संक्रमणबाट मृत्यु भएको छ । त्यस्तै भारतमा करिब डेढ लाख जनाको ज्यान गएको छ । तथ्याँकअनुसार विश्वभर ९ करोड ३० लाख भ

सम्बन्धित सामग्री

नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या १९ सय ४५ पुग्यो

काठमाडौं । नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या एक हजार नौ सय ४५ पुगेको छ । पछिल्लो २४ घण्टामा थप छ जनाले ज्यान गुमाएसँगै मृतकको संख्या १९ सय ४५ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । देशभर पछिल्लो २४ घण्टामा थप २४० जनामा कोभिड–१९ को संक्रभमण पुष्टि भएको छ । मन्त्रालयका अनुसार पछिल्लो समय तीन हजार ८१९ जनाको स्वास्थ्य परीक्षण गर्दा ८७ महिला र १५३ पुरुष गरी सो सङ्ख्यामा सङ्क्रमण पुष्टि भएको हो । आजसम्म नेपालमा कोरोना भाइरस संक्रमितको संख्या दुई लाख ६७ हजार ५६ पुगेको छ । त्यस्तै पछिल्लो समय थप ४७७ निको भएका छन् । योसँगै निको हुनेको संख्या दुई लाख ६१ हजार ४४ पुगेको छ । जसमा निको हुने दर ९७ दशमलव आठ प्रतिशत रहेको पनि मन्त्रालयले जनाएको छ । अहिले देशभर चार हजार ५४ सक्रिय संक्रमित छन् । उनीहरुमध्ये २३१ जना क्वारेन्टिनमा रहेका छन् भने अन्य आइसोलेसनमा रहेका छन् । हालसम्म २० लाख आठ हजार ९४४ को पीसीआर परीक्षण भएको छ । पछिल्लो २४ घण्टामा काठमाडौँ उपत्यकामा १३१ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । जसमा ४२ महिला र ८९ पुरुष रहेका छन् ।