सिरहामा थप एक पुरुषको कोरोना संक्रमणबाट मृत्यु भएको छ । मृत्यु हुनेमा सिरहा नगरपालिका ५ निवासी ६५ वर्षीया पुरुषको कोरोना संक्रमणका कारण बिराटनगर स्थित नोबेल हस्पिटलमा मृत्यु भएको जिल्ला स्वास्थ कार्यालय सिरहाले जनाएको हो । स्वास्थ्यमा समस्या भएपछि उपचारको लागि नोबेल हस्पिटल पुग्दा गत १७ गते करोना पोजेटिभ पुष्टि भएको थियोे करोना पोजेटिभ भएपछि नोबेल हस्पिटलमा उपचारको क्रममा मृत्यु भएको जिल्ला स्वास्थ कार्यालय सिरहाले जनाएको छ । यो सँगै सिरहामा ८ जनाको मृत्यु भएको छ