सीताराम यचुरीका छोरा आशिषको कोरोना संक्रमणबाट मृत्यु

एजेन्सी। कम्युनिस्ट पार्टी अफ इन्डिया (मार्क्सवादी) का महासचिव सीताराम यचुरीका छोरा आशिष यचुरीको कोरोना भाइरसको संक्रमणबाट मृत्यु भएको छ। यचुरीले ट्विट गर्दै आफ्नो छोराको उपचारमा संलग्न डाक्टर, नर्स, फ्रन्टनाइनर स्वास्थ्यकर्मीलाई धन्यवाद दिएका छन्। ३४ वर्षीया आशिषको मेदान्त अस्पतालमा उपचारका क्रममा बिहीबार बिहान साढे ५ बजे मृत्यु भएको हो।

सम्बन्धित सामग्री

छोरा गुमाएको हप्ता दिनमा संक्रमणबाट बाबुको पनि निधन

झापा । दोस्रो लहरको कोरोना भाइरस संक्रमणबाट झापा जिल्लाको भद्रपुर नगरपालिका एकै परिवारका बाबु छोराको ज्यान गएको छ । कोरोना संक्रमणबाट छोराको मृत्यु भएको एक सातापछि बुबाको पनि कोरोना संक्रमणबाट मृत्यु भएको छ ।

एकै परिवारका तीनजनाको कोरोना संक्रमणबाट मृत्यु

बागलुङ : कोरोना संक्रमणबाट जिल्लाको बडीगार्ड गाउँपालिकामा एकै परिवारका तीन जनाको मृत्यु भएको छ ।  एकै परिवारका बाबु र  दुई छोरोको कोरोना संक्रमणकै कारण मृत्यु भएको स्वास्थ्य कार्यालय बागलुङका फोकल पर्सन देव प्रकाश घिमिरेले जानकारी दिए।धौलागिरी अस्पतामा उपचारको क्रममा ८७ वर्षीय पुरुषको वैशाख २३ गते मृत्यु भएको थियो। मृतकका छोरा ५२ वर्षीय पुरुषको पनि पोखरास्थित गण्डकी मेडिकल कलेजमा उपचारको क्रममा मृत्यु भएको थियो। त्यसैगरि, परिवारकै सदस्य ४० वर्षीय पुरुषको बिहिबार राति मृत

वर्ल्डलिंकका सञ्चालक जलानको कोरोना संक्रमणबाट मृत्यु

वैशाख ३०, काठमाडौं । नेपालको सबैभन्दा ठूलो इन्टरनेट सेवा प्रदायक कम्पनी वर्ल्डलिंक कम्युनिकेसन लिमिटेडका सञ्चालक विजय जलानको कोरोना संक्रमणका कारण मृत्यु भएको छ । उनको उपचारका क्रममा बिहीवार काठमाडौंस्थित मेडिसिटी अस्पतालमा मृत्यु भएको हो ।४७ वर्षिय जलान कोरोना संक्रमण देखिएपछि गत वैशाख १८ गते अस्पताल भर्ना भएका थिए । पछिल्लो समय उनको स्वास्थ्यमा केहि सुधारहरु देखिएको बताइए पनि बुधवार बेलुका भेन्टिलेटरबाट बाहिर निकालिए पछि उनको अवस्था अवस्था असहज भएको र त्यसलगत्तै भेन्टिलेटरमा सारिएको थियो । इन्टरनेट सेवा प्रदायक संघ नेपाल (आइस्पान) का वरिष्ठ सल्लाहकार तथा कार्यकारी सदस्समेत रहेका उनका श्रीमति सहित एक छोरा छन् ।

भारतका पूर्वमन्त्री अजित सिंहको कोरोनाबाट निधन

एजेन्सी। राष्ट्रिय लोकदल प्रमुख तथा पूर्वमन्त्री अजित सिंहको कोरोना संक्रमणबाट मृत्यु भएको छ। गुरुग्रामस्थित मेदान्त अस्पतालमा उपचारका क्रममा ८२ वर्षीय सिंहको निधन भएको हो। पूर्वप्रधानमन्त्री चौधरी चरण सिंहका छोरा अजित सिंह उत्तर प्रदेशबाट ७ पटक सांसद तथा केन्द्रीय नागरिक उड्डयन मन्त्री समेत भइसकेका थिए। कोरोनाका कारण फोक्सोमा संक्रमण बढेपछि उनको अवस्था नाजुक बनेको थियो ।

भाकपा मार्क्सवादीका महासचिव येचुरीका छोराको कोरोनाले मृत्यु

भारतीय कम्युनिस्ट पार्टी(माक्र्सवादी) का महासचिव सीताराम येचुरीका छोराको कोरोना संक्रमणबाट मृत्यु भएको छ । येचुरीका ३५ वर्षीय छोरा आशिषको उपचारका क्रममा गुरुग्रामस्थित मेदान्त अस्पतालमा बिहीबार बिहान मृत्यु भएको हो ।

कोरोना संक्रमणबाट एकै परिवारका दुइ जनाको मृत्यु

विराटनगर : सुनसरीको धरानस्थित वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा कोरोना संक्रमणबाट दुई जनाको मृत्यु भएको छ। धरान नगरपालिका १७ नम्बर वडाका ७४ वर्षीया वृद्धा र ६० वर्षिय पुरुषको कोरोना संक्रमणबाट मृत्यु भएको प्रतिष्ठानका प्रवक्ता डा.निदेश सापकोटाले जानकारी दिए। प्रवक्ता डा. सापकोटाका अनुसार मृतक दुवै जना एकै परिवारका आमा छोरा