काठमाडौँ : कृषि तथा पशुपक्षी विकासमन्त्री डा. वेदुराम भुसालले दुग्ध विकास बोर्डले गरेको कामप्रति सरकार सन्तुष्ट नभएकाले खारेज गर्न लागेको दावी गरेका छन्।आइतवार ललितपुरमा ‘डेरी दर्पण’ विमोचनमा बोल्दै कृषिमन्त्री डा. भुसालले यस्तो बताएका हुन्। उनले बोर्ड स्थापनाको उद्देश्यअनुसार काम गर्न नसकेको आरोप लगाए। उनले दुग्ध विकास बोर्ड दूधको विकास र अनुसन्धान तथा समन्वय गर्ने भनेर स्थापना भए पनि त्यस्तो काम गर्न नसकेको बताए।उनले बोर्डको काममा सरकार सन्तुष्ट नभएर र खर्च कटौती पुनरावलोकन आयोगको