काठमाण्डाै – सरकारले मेलम्ची खानेपानी विकास समिति र ग्रामीण खानेपानी तथा सरसफाइ कोष विकास समिति खारेज गरेको छ ।
सङ्घीय संसद्को संयुक्त बैठकमा आउँदो आर्थिक वर्षको बजेट प्रस्तुत गर्दै अर्थमन्त्री जनार्दन शर्माले मेलम्ची खानेपानी विकास समिति र ग्रामीण खानेपानी तथा सरसफाइ कोष विकास समिति खारेज गरेको जानकारी दिनुभएको हो । उहाँले अब मेलम्ची खानेपानी आयोजनाको काम खानेपानी तथा ढल निकास विभागले गर्ने बताउनुभउयो ।
अहिलेसम्म मेलम्ची खानेपानी विकास समितिले नै मेलम्ची खानेपानी आयोजना निर्माणको काम गर्दै आए...