१७ साउन, चितवन । चितवनको भरतपुर अस्पतालले गत आर्थिक वर्ष २०८०/८१ मा सरकारबाट स्वास्थ्य बीमा दाबी भुक्तानीवापत ५६ करोड १६ लाख ८८ हजार ७५९ रुपैयाँ लिएको छ ।
अस्पतालका बीमा कार्यक्रम इन्चार्ज लिलाधर पौडेलले आर्थिक वर्ष …
स्वास्थ्य बीमा ऐन, २०७४ को दफा ३ मा प्रत्येक नेपाली नागरिक स्वास्थ्य बीमा कार्यक्रममा सहभागी हुनुपर्ने व्यवस्था भएपनि हालसम्म २० प्रतिशत अर्थात ५९ लाख ८८ हजार नागरिक मात्र सहभागी भएका छन्।
काठमाडौं : स्वास्थ्य बीमाअन्तर्गत उपचार सेवा दिए बापत सरकारले दिनुपर्ने दाबी भुक्तानी नदिएको भन्दै झापा र मोरङका दुई ठुला अस्पतालले उपचार सेवा रोक्ने घोषणा गरेका छन्। न्युनतम शुल्कमा सेवा दिनुपर्ने र त्यसमा पनि सरकारले लामो समयसम्म दाबी भुक्तानी नदिने गरेकाले अस्पताल सञ्चालकहरु रुष्ट भएका हुन्।
दुर्गा प्रसाई र सुनिल शर्माले…
काठमाडौं, असार ७ । स्वास्थ्य बीमा बोर्डबाट शोधभर्ना नपाएको भन्दै अस्पतालहरूले धमाधम स्वास्थ्य बीमाअन्तर्गतको उपचार सेवा स्थगित गर्न थालेका छन् । बोर्डले पछिल्लो समय दाबी भुक्तानी चुस्त गतिमा अघि बढाएको भने पनि प्राविधिक समस्याका कारण त्यसले पूर्णता पाउन सकेको छैन । केही अस्पतालले शोधभर्ना नपाएको भन्दै स्वास्थ्य बीमाअन्तर्गतको सेवा स्थगित गरेका हुन् । त्रिभुवन विश्वविद्यालय […]
काठमाण्डाै - पाँच वर्षअघि लागू भएको स्वास्थ्य बीमा कार्यक्रममा अहिलेसम्म झन्डै ५३ लाख नागरिक सहभागी भएका छन् । ती बिमितमध्ये २० लाख ८९ हजारले बीमामार्फत स्वास्थ्य सेवा लिएका स्वास्थ्य बीमा बोर्डले जनाएको छ ।
स्वास्थ्य बीमा कार्यक्रमबाट अहिलेसम्म १७ अर्ब रुपैयाँ स्वास्थ्य उपचारमा खर्च भएको छ । स्वास्थ्य बीमा बोर्डले १७ अर्ब रुपैयाँ भुक्तानी गरे पनि यो अवधिमा देशभरका चार सय ४१ अस्पतालले भने २४ अर्ब २५ करोड १८ लाख रुपैयाँको दाबी भुक्तानी माग पठाएका छन् ।
स्वास्थ्य बीमा बोर्डका कार्यकारी निर्देशक डा. दामोदर बसौलाका अनुसार अस्पतालले...