स्वास्थ्य बीमा बोर्डले भन्यो : भुक्तानी चाडैं दिन्छौं, सेवालाई निरन्तरता दिनुहोस्

९ असार, काठमाडौं । स्वास्थ्य बीमा बोर्डले सेवा प्रदायक संस्थाहरुलाई नियमित रुपमा सेवा प्रवाह गर्न अनुरोध गरेको छ । बिहिबार प्रेस विज्ञप्ति जारी गर्दै बोर्डले स्वास्थ्य संस्थाले बिमितको उपचार गरेबापतको दाबी भुक्तानी यथाशिघ्र गर्ने कार्यमा रहेको जानकारी दिएको छ । स्वास्थ्य बीमा कोषमा व्यवस्थापन तथा संचालन कार्यविधि , २०७८ अनुसार स्वास्थ्य बीमा कोष स्थापना भई […]

सम्बन्धित सामग्री

कोशी प्रदेशमा २० लाखले मात्र गरे स्वास्थ्य बीमा

विराटनगर । कोशी प्रदेशको जनसंख्या ४९ लाख ६१ हजार ४१२ रहेकोमा ४० दशमलव ५ प्रतिशत अर्थात् २० लाख ९ हजार ३३३ जनाले मात्र स्वास्थ्य बीमा गराएका छन् । त्यसमध्ये आधाभन्दा कमले मात्र यसमार्फत स्वास्थ्य सेवा लिने गरेका छन् । सेवा लिने बीमितहरू ९ लाख ७० हजार ९३३ जना रहेको स्वास्थ्य बीमा बोर्ड कोशी प्रदेशले बताएको छ । प्रदेशमा सबैभन्दा बढी स्वास्थ्य बीमा झापामा र कम सोलुखु्रम्बुमा भएको स्वास्थ्य बीमा बोर्ड कोशी प्रदेशका संयोजक अर्जुन पण्डितले जानकारी दिए । झापामा ६ लाख ३३ हजार ६५८ जनाले स्वास्थ्य बीमा गराएका छन् भने सोलुखुम्बुमा यस्तो संख्या १० हजार ४४५ रहेको छ । प्रदेशमा स्वास्थ्य बीमाको नवीकरणदर ७८ प्रतिशत छ । बीमा गरेकामध्ये अति गरीब २४ हजार २६०, ज्येष्ठ नागरिक १ लाख ९६ हजार ८३८, एचआईभी संक्रमित ३ हजार ४६१, अति अशक्त अपांगता भएका ४२ हजार ९१७ र कुष्ठरोगी १ हजार ४२ जना छन् । बीमा गराएकामध्ये सेवा लिनेहरू ७ लाख ७० हजार ९३३ जना छन् । बीमितबाट २ वर्षमा २ अर्ब ३३ करोड ५२ लाख ३० हजार रुपैयाँ संकलन भएको छ । प्रदेशमा ७८ ओटा सरकारी, चारओटा सामुदायिक र २३ ओटा निजी स्वास्थ्य सेवाबाट स्वास्थ्य बीमा सेवा प्रवाह गरिँदै आएको छ । यी स्वास्थ्य संस्थाबाट सेवा दिएबापत ३ वर्ष ९ महीनामा १० अर्ब ६५ करोड ६३ लाख ७३ हजार रुपैयाँ भुक्तानी भएको कार्यालयको तथ्यांक छ । सरकारले २०७२ चैत २५ गतेदेखि कैलालीबाट स्वास्थ्य बीमा कार्यक्रम शुरू गरेको हो । त्यसयता देशभरिमा कुल बीमित परिवार संख्या १९ लाख ९४ हजार ३३८ रहेका छन् । कुल बीमित जनसंख्या ६४ लाख ५४ हजार ७७२ रहेको स्वास्थ्य बीमा बोर्डले जानकारी दिएको छ । कुल बीमितमध्ये सेवा लिनेको संख्या ४४ प्रतिशत अर्थात् ८२ लाख ९३ हजार ५७२ रहेको छ । यस्तै नवीकरण गर्ने बीमित संख्या देशभरिमा ३८ लाख ७१ हजार ८५० रहेको छ ।

अब अनलाइन भुक्तानीमार्फत स्वास्थ्य बीमाको नवीकरण गर्न सकिने

काठमाडौं । स्वास्थ्य बीमा बोर्डले बीमा नवीकरणको भुक्तानी अब अनलाइनबाट गर्न मिल्ने व्यवस्था गरेको छ । बोर्डका अध्यक्ष डा. सेनेन्द्रराज उप्रेतीको उपस्थितिमा राज्यमन्त्री भवानीप्रसाद खापुङले उक्त सेवाको शुभारम्भ गरेका हुन् । अब स्वास्थ्य बीमा बोर्ड मार्फत बीमितहरुले कनेक्टआईपीएसको माध्यमबाट आफ्नै बैंक वित्तीय संस्थाको खाताबाट अनलाइन भुक्तानी गर्न सकिने भएको हो । नेपाल सरकारले लागू गरेको […]

स्वास्थ्य बीमा नवीकरणको भुक्तानी अब अनलाइन माध्यमबाट हुने

स्वास्थ्य बीमाका बीमितहरुले अब बीमा नवीकरणको भुक्तानी अनलाइनबाट गर्न सक्ने भएका छन् ।  एक कार्यक्रमका बीच बोर्डका अध्यक्ष डा. सेनेन्द्र राज उप्रेतीको उपस्थितिमा स्वास्थ्यरराज्यमन्त्री भवानी प्रसाद खापुङबाट उक्त सेवाको शुभारम्भ गरिएको हो । यस अन्तर्गत अब स्वास्थ्य बीमा बोर्ड मार्फत बीमितहरुले कनेक्टआइपीएसको माध्यमबाट आफ्नै बैंक वित्तीय संस्थाको खाताबाट अनलाइन भुक्तानी गर्न सक्नेछन् ।   नेपाल सरकारले लागु गरेको उक्त बीमा योजना अन्तर्गत, प्रत्येक बिमित नेपाली परिवारले रु १ लाखसम

कर्णालीका एक लाख नागरिक स्वास्थ्य बीमामा

स्वास्थ्य बीमा बोर्ड कर्णालीका संयोजक अर्जुन पण्डितले हालसम्म ३५ हजार ५१९ ले सेवा लिएको जानकारी दिए। उनका अनुसार बिमितलाई सेवा दिएवापत सेवाप्रदायकलाई चार करोड ४० लाख ५६ हजार ७३८ भुक्तानी भइसकेको छ ।